प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी भनाइ व्यवहारमा देखिएनः सांसद डा. शेखर कोईराला

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरुद्धको आफ्नो अभिव्यक्तिलाई व्यवहारमा लागू गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 


शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले प्रधानमन्त्रीको ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने भनाइ व्यवहारतः लागू हुन नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि प्रश्न उठाउँदै आयोगले एउटै मुद्दामा केहीलाई कारबाही गर्ने र केहीलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई प्रोत्साहन दिएको टिप्पणी गर्नुभयो । भ्रष्टारविरोधी भाषा बोलेर मात्र नहुने भन्दै कोइरालाले निर्मम तरिकाले भ्रष्टाचार अन्त्य गर्न लाग्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अब प्रधानमन्त्रीजीले भन्नुुहन्छ –म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न । त्यो बोलेर हुदैन । कोही सुन्नेवाला छैन । कोही एक जनाले सुन्दैन । विश्वास नै गर्दैन अब निर्मम तरिकाले हामीले भ्रष्टाचारको अन्त्य गर्न शुरु गर्नुपर्यो नि । अख्तियार कसैलाई डाम्छ, त्यही केसमा अरुहरुलाई छोडिदिएको छ । त्यसले त दण्डहिनतालाई बढावा दिइरहेको देखियो । यसरी अब चल्दैन देश । सुशासन पटक्कै छैन ।’


मुलुकको आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय साख संकटमा पर्दै गएको उहाँको भनाइ छ । उहाँले श्रमिकको पारिश्रमिक वृद्धिमा सरकार लगातार असफल भएको आरोप लगाउनु भयो । नेपाल आतंकवादमा वित्तीय संलग्नताको आशंकामा रहेको भन्दै युरोपेली संघले नेपाललाई ग्रे लिस्टमा राखिसकेको तथ्यप्रति गम्भीर चिन्ता समेत व्यक्त गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, असार २३, २०८२

२१.९°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन