‘अस्पतालमा राजनीतिक भागबन्डामा नियुक्ति गर्नु हुँदैन’:- सांसद डा. चन्दा कार्की

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबन्डाको आधारमा नियक्ति गर्नु नहुने बताउनुभएको छ ।

बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा। कार्कीले अस्पतालमा राजनीतिक भागबन्डाका आधारमा निर्देशक नियुक्ति हुने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनुभएको हो । मन्त्री नयाँ आएपिच्छे निर्देशक फेरिँदा अस्पतालको अवस्थाको बारेमा निर्देशकलाई नै थाहा नहुने गरेको उहाँको भनाई छ । उहाँले बिरामीको उपचारमा अस्पतालका भौतिक पूर्वाधार, उपकरण, स्वास्थ्यकर्मी, व्यवस्थापन, सरकारको नीति र अस्पतालका प्रोटोकलको कुरा जोडिने भएपनि चिकित्सकहरुलाई मात्रै दोषारोपण गर्ने गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘केन्द्रमा भएको अस्पतालमा आएको बालिकाले बाहिर कुरिराखेर उसको ज्यान जाने जुन कुरा भयो । त्यो जस्तो लज्जास्पद कुरा हाम्रो लागि केही छैन । त्योजति दुखदायी कुरा केही हुँदैन । आयोग गठन गरेर केही हुनेवाला छैन । अस्पतालमा राम्रो सेवा दिनका लागि बृहत्तर रुपमा हेर्नुपर्ने हुन्छ । यहाँ त जहिल्यैपनि स्वास्थ्यकर्मीहरुलाई दोष दिएको देखेको छु । जहिलेपनि आयोग बनायो स्वास्थ्यकर्मीहरुतर्फ अनुसन्धानको सुई फर्कायो अनि अरु बाँकी सबै चोखो । त्यस्तो हुनु हुँदैन । बिरामीलाई राम्रो बनाएर पठाउन अस्पतालका भौतिक पूर्वाधारदेखि त्यहाँका उपकरण, स्वास्थ्यकर्मी र व्यवस्थापनका कुरा । सरकारको नीति र अस्पताका प्रोटोकलका कुरा सबै जोडिएर आउँछ । अस्पतालमा सरकारको प्रतिनिधित्व भनेको अस्पतालको निर्देशक हुन्छ । प्रशासकिय प्रमुख हुन्छ । हामीकहाँ व्यवस्था कुनैपनि निर्देशकको नियुक्ति, कान्तिकै पनि ९ महिनामा ६ वटा निर्देशक बदलिएको हुन्छ । मन्त्री कुन पार्टीको भयो त्यो पार्टीको निर्देशक बनाउने । त्यो निर्देशकलाई केही थाहा हुँदैन । भागबन्डाको राजनीति अस्पताल जस्तो संवेदनशील ठाउँलाई बनाउनु भएन नि ।’

उहाँले काठमाडौंजस्तो केन्द्रमा रहेको कान्ति बाल अस्पतालमा बालिकाले उपचार नपाएर मर्नुपर्ने अवस्था आउनु लज्जास्पद र दुःखदायी कुरा भएको बताउनु भयो ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन