fbpx

‘सरकारले अपरिपक्व ढंगले ल्याएको शिक्षा विधेयक सच्याउनुपर्छ’:- सांसद डा. चन्द्र भण्डारी

author

समाचारपाटी

१ year अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धि विधेयक सच्याउन आफूहरु लागि परेको बताउनुभएको छ । 

सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिर समेत गर्नुभयो । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताउनु भयो । उहाँले चिकित्सकहरुमाथि हातहात हुनु अत्यन्तै दुखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्क समेत गर्नुभयो । पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अहिले यो विकृतिको सबैभन्दा चरम सीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकर्मण्यता पनि देखिन्छ । तेस्रो मुलुकको मुलतत्व के हो भन्ने कुरा नबुझेको पनि देखिन्छ क्या । तीन वटा कुराहरु छन । अहिले डाक्टरहरु जुन आन्दोलनमा हुनुहुन्छ । जो मानिसको जीवनसँग जोडिएको छ । ती डाक्टरहरुमाथि हातपात हुनुभएको अन्यन्त दुखद् कुरा हो । यसको मतलव के हो ? भने नेपालको कानून कति निरीह छ ? नेपालको कानूनदेखि कोही पनि डराउँदैन । यो विकृतिको, यो बेथितिको अन्त्यका निम्ति कानून बलियो हुनुपर्छ । कानूनले गलत प्रवृत्ति, संस्कार र लोभ लालचदेखि आत्म समर्पण गर्नु हुँदैन । दोस्रो कुरा शिक्षा सम्बन्धि जुन विधेयक आइरहेको छ । यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । यो सित अभिभावक हुन्छन । यो सित विद्यार्थी हुन्छन । योसित पाठ्यक्रम हुन्छ । यो सित परीक्षा प्रणाली हुन्छ । त्यसकारणले सरकारले पेश गर्ने हो । सम्बन्धित निकायसँग कुरा नगरिकन हतारमा पेश गर्यो । अत्यन्तै ठूलो मेच्युरिटीको अभाव । त्यसकारणले टिचरहरुले आन्दोलन गरे । अब नेपालको शिक्षा नबनिकन त नेपाल बन्दैन । शिक्षा र स्वास्थ्य व्यापारीकरण भयो भने त जनताले केही पनि पाउँदैनन् । के गर्ने त ? अव नयाँ शिक्षा नेपालमा प्रवेश गराउनु पर्यो । पुरानो जेनेरेशनलाई अपडेट गर्नुपर्यो । त्यो भन्दा हामीसँग विकल्प छैन । त्यसका निम्ति नेतृत्व अलि गम्भिर हुनुपर्यो । सडकमा भाषण गरेजस्तो होइन नि व्यवहारिक कुरा भनेको । सिद्धान्त र व्यवहारमा त फरक छ नि । त्यसकारणले यो भएको हो । यसको समाधान के हो भने अव हामीले शिक्षा ऐन बनाउँदाखेरी पाठ्यक्रम छैन, परीक्षा प्रणाली छैन । विद्यार्थी छैन । शिक्षा क्षेत्र नै नबुझेको व्यक्तिहरुको हातमा गएर आएको शिक्षा विधेयक हो यो । त्यसकारण यसले अरु विकृति निम्त्यायो । अव यसको समाधानका निम्ति हामीले २÷३ वटा कुरा गर्नुपर्छ । एक, नयाँ जेनेरेशनलाई प्रवेशश गराउने । पुरानो पुस्तालाई हामीले आर्थिक रुपले राहत दिएर विदा गर्ने । दोस्रो कुरा, पुरानोलाई पनि हामी अप्डेट गराउ । एउटा मोबाईलले, एउटा ल्यापटपले, आईप्याडले पनि अपडेट गर भनेर माग्छ नि । सरकारले अपडेट गर्नुप¥यो । तब मात्रै हुन्छ । कमीकमजोरी धेरै रहेँ । शासन चलाउनेहरुबाट कमीकमजोरी रहेँ । अब त्यसलाई करेक्शन गर्नुपर्छ भन्नेमा हामी लागेका छौं । हामीले यो विधेयकबारे बुझ्यौँ । हामीले गम्भिरतापूर्वक जो सडकमा हुनुहुन्छ । वा दिमागमा हुनुहुन्छ । असुरक्षा महशुस गर्नु भएको छ वा विश्वास मानिसहरुमा छैन, त्यो दिलाउने काम हामीले गर्छौं ।’सांसद भण्डारीले जनताको विश्वास जित्नेगरी कानून बनाउने काम आफूहरुले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन