सरकारले सडकसम्बन्धि सम्पूर्ण बजेट पुरानो सडकको मर्मतका लागि खर्च गर्नुपर्छः सांसद अमरेशकुमार सिंह

author

समाचारपाटी

१ year अगाडि

प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको सडक सम्बन्धि बजेट पुरानो सडकको मर्मत सम्हारमा खर्च गर्न सरकारसँग माग गर्नुभएको छ । 


नेपालको सडकको अवस्था दुनियाँको कुनैपनि देशको भन्दा कमजोर भएकाले सडक दुर्घटनाका कारण मानिसहरुको दैनिक ज्यान गईरहेको उल्लेख गर्दै त्यसको मर्मत सम्हारका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्नुपर्ने बताउनु भयो । नयाँ सडक नभइ पुरानो सडकलाई व्यवस्थित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने सांसद सिंहको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नक्कली सवारी चालक अनुमति पत्र (लाईसेन्स) को बिगबिगी भईरहेको भन्दै नियन्त्रणका लागि सरकारलाई सचेत पनि गराउनु भयो । 
सांसद सिंहले भन्नुभयो, ‘सरकारसँग सबभन्दा पहिले मानवीय संवेदनशीलता हुनुपर्छ । यसको संवेदनशीलता बिना सरकारको कुनै औचित्य छैन । किनकी कुनैपनि समुन्द्रमा सरकार हुँदैन । मानवको लागि नै सरकार बनेको हुन्छ । यातायात पोलिसी हाम्रो के हो ? आज नक्कली लाईसेन्सको बिगबिगी छ । त्यो जुन सवारीको लाईसेन्स दिने गरिएको छ । सही ढंगले नदिएपछि त्यसले पनि दुर्घटना निम्त्याएको छ । अधिकांश सडक हाम्रो देशका पहाडी भूभाग भएको हुनाले खोलाको किनाराबाट छ । तर त्यहाँ सेफ्टी वाल लगाएको छैन । यति व्यवस्थित सडक दुनियाँको कुनैपनि देशमा छैन । निम्न स्तरको सडक छ । सडकमा नै ठाउँठाउँमा खाल्डो छ । त्यो भन्दा माथि दलीय आवद्धताको आधारमा यातायात व्यवसायी संघ राखिएको छ । दलहरुले नै किल्लीयर भनिदिएको छ कि जति सक्दो थोत्रो बस चलाउ । हामी तिमीहरुको साथमा छौ । किनकी तिमी हाम्रै पार्टीको भातृ संगठन हो । देश लुट, मान्छे मार । मान्छे सडक दुर्घटनाका कारण दैनिक मरेका छन् । सम्बन्धित मन्त्रालयले ध्यान दिन पर्दैन ? बजेट कनिका छरेजस्तो गरेर होइन । यसपालीको सम्पूर्ण बजेट नयाँ सडक नबनाई पुरानो सडकको मेन्टिनेन्स र सेफ्टीमा खर्च गरोस् । यो सरकारसँग माग गर्नु चाहन्छु । किन, सडकको अवस्था एकदम दयनीय छ । ’
सांसद सिंहले सरकारले सवारी दुर्घटनामा परी नागरिकको ज्यान गईरहँदा पनि रोकथामका लागि खासै प्रयास नगरेको जिकिर समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.८१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन