fbpx

‘हामीले मजदुरलाई गरेको व्यवहारले धेरै नै दूरगामी असर पर्नेछ’:-डोलप्रसाद अर्याल

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैँ असुरक्षित रहनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभएको छ । 

बिहीवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले जनताले बनाएका संरचनाहरुमा प्रयोग हुने छडजन्य सामग्रीहरुको गुणस्तर मापन हुन नसकेको बताउनु भयो । उहाँले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरु नागरिकहरुले संरचना बनाउँदै प्रयोग भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले जनतालाई गुणस्तरहीन सामग्रीहरु बेच्नेकुरा सरकार बिहीन जस्तो अनुभुति भएको बताउनु भयो । उहाँले सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति आएको पनि बताउनु भयो । गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले मजदुरलाई गरेको व्यवहारले धेरै नै दूरगामी असर पर्नेछ । कुनै पनि देशको नागरिक किन नहोस् यो देशमा आएर काम गरिसकेपछि त्यो नागरिकमाथि हताहत हुन्छ भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्नेमा हामीले गुपचुप राख्छौँ भने यति संवेदनशील विषय समितिमा उठ्छ भने यो विषयमा बहुत संवेदनशील भएर ध्यान दिनुपर्छ । जो व्यक्तिको मृत्यु भएपनि जुन देशको नागरिक किन नहोस्, यो देश भित्र आएर कलकारखानामा काम गरिरहेको छ भने ती कर्मचारीलाई दिनुपर्ने ध्यान दिनुपर्छ । वातावरणको कुरा छ, विश्वबाटै लोप हुन लागेको प्रविधि हामी अझै अघि बढाउँदैछौँ भनेपछि अर्को संवेदनशील छ । जसले प्रदुषणमा समस्या पारेको छ । जनताले प्रयोग गर्ने चिज हामीले त्यसलाई मापदण्डमा क्वालिटीमा ध्यान दिएका छैनौँ । र सरकारले बनाउने संरचनामा पास हुँदैन । सरकारले बनाउने संरचनामा त्यो पास हुँदैन, अरु ल्याएर बनाउने, अनि जनतालाई जे पनि बेच्ने भनेपछि त यो राज्य नभएको, सरकार नभएको जस्तो भयो । सिंहदरबार सबै सुरक्षित बाहिर सबै असुरक्षितको स्थिति भयो । यहाँहरु निर्मम हुनुपर्छ, यहाँहरुले बन्द गरिदिनुपर्छ त्यस्ता गुणस्तरहीन छन् भने ।’

उहाँले नेपालमा आइ काम गरिसकेपछि मजदुरहरुलाई राज्यले गर्ने व्यवहारले दूरगामी असर पर्ने भन्दै सोबारेमा पनि आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...