राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सिद्धान्त ओझेल पारेर राजनीतिक दलहरु अगाडि बढिरहेकाले व्यवस्था परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ ।
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिद्धान्तको मुल कुरालाई सबैले ओझेल पारेर देश हित विपरित काम भइरहेकाले व्यवस्था परिवर्तन अपरिहार्य भएको बताउनु भयो । उहाँले जनतालाई विभिन्न ढंगबाट प्रभावित पार्ने काम भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले संविधानले बन्देज गरेको छैन, कस्तो मानिसलाई निर्वाचनमा सरिक गराउने, निर्वाचन गरेर सदनमा ल्याउने त्यो क्राइट एरिया निर्वाचन आयोगले पनि पहल गर्न जरुरी छ । त्यो नभएसम्म यस्तो प्रवृत्तिहरु हाबी हुनसक्छन् । अब जुन आर्थिक रुपले सम्पन्न रहन्छ, जो जनतालाई प्रभावित गर्ने विभिन्न ढंगले गर्ने हुन्छन्, आशले गरिन्छ, आशले गर्दा पनि त्यहाँ आर्थिक चलखेलको रहन्छन् । सिद्धान्तको मुल कुरालाई सबैले ओझेल पार्ने सम्भावना रहँदाखेरी मुलुकको स्थिरतामा नै प्रभाव पर्छ । त्यसैले हामीले व्यवस्था बदलौँ भनेर भनिरहेका हौँ ।’
उहाँले उपनिर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारको विषयमा स्पष्ट मापदण्ड निर्धारण गर्न नसकेको जिकिर गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल