fbpx

‘इजरायलमा हुने संकटले नेपालमा पनि संकट ल्याउन सम्भावना देखिएको छ’:- सांसद धवल जबरा

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद जबराले देशमा धार्मिक द्वन्द्व हुनसक्ने खतरालाई औँल्याउँदै संवेदनशील जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयले चाहेमा केही दिनलाई सामाजिक सञ्जाल निषेध गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले सो व्यवस्था केही दिनका लागि मात्रै हुने स्पष्ट पनि पार्नुभयो । उहाँले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने र ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘इजरायलमा हुने संकटले नेपालमा पनि संकट ल्याउन सक्ने सम्भावनाहरु देखा परिरहेको छ । दुईवटा समुदायको बिचमा भनाभनि र इजरायलको कुरालाई लिएर नेपालका दुईवटा धार्मिक समुदायका बीचमा टिका, टिप्पणी सामाजिक सञ्जालमा भइसकेको छ । यसकारणले हामीले संवेदनशील जिल्लाहरुमा टिकटक, रिल लगायत अरु माध्यमहरुलाई जिल्ला प्रशासनले चाहेमा, उपयुक्त ठानेमा केही दिनको लागि, समस्या समाधान र रोक्नका लागि निषेध गर्ने पनि हामीले व्यवस्था र अधिकार मिलाउँदा राम्रो होला । नत्र अर्को देशको लडाँइ हाम्रो देशमा समस्या आउन सक्ने सम्भावनाहरु देखा परिरहेको छ । सामाजिक सञ्जाललाई तुरुन्तै नियमन गर्नुपर्यो । ठाउँको ठाउँ कारबाही गर्ने व्यवस्था मिलाउनुपर्यो ।’उहाँले राष्ट्रपतिले कैद माफि दिएर कानूनी राज्यको धज्जी उडाएको बताउनु भयो । उहाँले राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णय र मन्त्रिपरिषद्ले पार्टीको निर्णय मान्नुपर्ने अवस्था रहेको भन्दै मुलुकमा सबैको साझा राजा चाहिएको बताउनु भयो ।


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन