fbpx

‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ, खुशीको कुरा हो’:-सांसद देवेन्द्र पौडेल

author

समाचारपाटी

१ year अगाडि

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गर्नुभएको छ । 

मंगलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताउनुभएको हो । उहाँले अफ्ठ्यारोमा परेका उद्योगहरुमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गर्नुभयो । त्यस्तै उहाँले देशमा ४० लाख खोप प्रयोगबिहीन अवस्थामा रहेको भन्दै प्रयोगबिहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । खुशीको कुरा हो । ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत ३ पटक प्रश्तुत गर्ने बराबरको बजेट हो । त्यो रकम बैंकमा जम्मा भएर बसेको छ । त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अफ्ठ्यारोमा परेका उद्योगहरुलाई परिचालन गरी रोजगार सिर्जना गर्नेगरी प्रधानमन्त्रीले गरेका घोषणा अनुसार अगाडी बढाइयोस् । चालिस लाख खोप प्रयोग भएको भनेर समाचार आएको छ । त्यो खोप प्राविधिक हिसावले नमिल्ने भएर प्रयोग नभएको हो कि, हाम्रो लापरबाहीको कारणले प्रयोग नभएको हो कि त्यसको बारेमा पनि सम्बन्धित निकायले किन प्रयोग नभएर बेवारिसे भएर बसेको हो त्यसको बारेमा छानबिन होस् । अर्को राम्रो समाचार आएको छ विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरे, दुर्गम ठाउँमा किताबहरु पुगे भन्ने समाचार राम्रो हो । त्यसैगरी हस्पिटलमा इमर्जेन्सी उपचार गर्न गएको बिरामीले पनि राम्रोसँग उपचार गर्न पाएको कुरा सम्बन्धित निकायबाट अनुगमन गरेर सुरुवात गरियोस् र सुन्न पाउँ । त्यसैगरी किसानले पनि समयमै कृषि प्रक्रिया शुरुवात गर्नुभन्दा पहिला मल प्राप्त गर्ने र राज्यको तर्फबाट यस प्रकारका अत्यावश्यक वस्तुहरुको व्यवस्थापन भएको कुरा खुशी साथ बाहिर आओस् ।’

सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताउनु भयो । उहाँले किसानले समयमै मल पाउनुपर्ने पनि बताउनु भयो ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा