fbpx

‘सपथ खाएरआईसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र’:-देवेन्द्र पौडेल

author

समाचारपाटी

१0 महिना अगाडि

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले सांसदहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको बिरोध गर्न नपाउने बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र मान्छौं भनेर शपथ खाएर संसदमा आउनेहरुले त्यसको बिरोध गर्न पाईन्छ र ? भनि प्रश्न गर्नुभएको हो शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सचिव पौडेलले राप्रपाका सांसदहरुप्रति लक्षित गर्दै दिनहुँजसो यो व्यवस्थाको बिरोध गर्ने कुराले आफूहरुलाई गम्भिर बनाएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी जस्ता प्रणाली ल्याउन निम्ति हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको हो । यो व्यवस्थालाई मान्छु भनेर, यो व्यवस्थालाई ग्रहण गर्छु भनेर हामीले संसदमा सपथ खाएको हुन्छौ । र शपथ खाएर मात्रै हामी सदनमा प्रवेश गरेका हुन्छौं । सम्माननीय सभामुख महोदय, कहिलेकाँही मात्रै होइन, दिनदिनैजसो यो व्यवस्थाको बिरोध गरेको हामी यहाँ सुन्छौं । सम्माननीय सभामुख महोदयमार्फत म भन्न चाहन्छु–सपथ खाएर आईसकेपछि यो संविधान मान्छु भनिसकेपछि यो व्यवस्था र प्रणालीको विरोध गर्न पाईन्छ र ? यो कुराको गम्भिर ध्यानाकर्षण गराउनका निम्ति म विशेष अनुरोध गर्न चाहन्छु ।’सचिव पौडेलले हजारौंको बलिदान, रगत, आँशु, पसिना, बगेर यो व्यवस्था आएको उल्लेख गर्दै यसलाई मान्छौं भनेर सपथ खाने तर बिरोध गर्ने काम गर्न नहुने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन