fbpx

स्काउटको संरचना विधिसम्मत रुपमा लिएको हुँः सांसद दीपक खड्का

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफूले विधिसम्मत ढंगले नेपाल स्काउटको संरचना भाडामा लिएको बताउनुभएको छ । 


आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खड्काले आफूले वि.सं. २०६३ सालमा टेण्डर प्रक्रियामार्फत स्काउटको भवन भाडामा लिएको बताउनुभएको हो । उहाँले १० वर्षपछि पुनः टेण्डरमार्फत सबै प्रक्रिया पूरा गरेर भाडामा लिएको भएपनि आफ्नो चरित्र हत्या गरिएको बताउनु भयो । उहाँले ०७५ सालमा लोकबहादुर भण्डारी प्रमुख भएर आएपछि विवाद र किचलो शुरु भएको भन्दै आफूलाई सत्ताको बलमा उतिखेरै निकाल्न खोजिएको बताउनु भयो । उहाँले आफ्नो कुनै कमजोरी नभएको भन्दै अदालतमा मुद्दा विचाराधिन रहेको र कुनै दोष देखिएमा कारबाहीको भागिदार हुने पनि बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘यो विधिवत् ढंगले २०६३ सालमा टेण्डरमार्फत त्यहाँका भवनहरु भाडामा लिइएको हो । र १० वर्षपछि पुनः टेण्डरमार्फत त्यस भवनको प्रक्रिया पूरा गरेर भाडामा लिएको हो । तीन वटा संरचनाहरु खड्काल्याण्डले उपयोग गर्दै आएको छ । एउटा खालि जग्गा उपयोग गरेर व्यवसाय सञ्चालन गरेको छ । दुई वटा नेपाल स्काउटले आफ्नो भवन निर्माण गरेर भाडामा लगाएको अवस्था छ । तेस्रो विभिन्न संरचनाहरु सञ्चालन गरिएको छ र ति संरचनाहरुको कुनै आय, व्यय कुनै वास्ता गरिएको छैन ।’

उहाँले आफूले स्काउटलाई अहिलेसम्म भाडा बापत १३ करोड रुपैयाँ बुझाइसकेको पनि बताउनु भयो । उहाँले अध्यक्ष भण्डारीले ऐन, नियम विपरित स्काउटलाई कब्जा गरेको आरोप समेत लगाउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन