fbpx

‘धार्मिक, जातिय द्वन्द्व भयो भने जनयुद्धको भन्दा धेरै मान्छे मर्नेछन्ः सांसद दीपकबहादुर सिंह

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातिय द्वन्द्व हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभएको छ । 

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले देशभित्र राष्ट्रिय जनावर गाईलाई काटेर भोज भतेर गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो घटना बाहिरि प्रभावबाट भएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले यसप्रति सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै यही निउँमा धार्मिक र जातिय द्वन्द्व हुनसक्नेतर्फ सचेत गराउनु भयो । उहाँले देशमा धार्मिक तथा जातिय द्वन्द्व भएमा जनयुद्धमा भन्दा धेरै मान्छे काटिने उल्लेख गर्दै त्यस्तो हुन दिनु नहुने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘हाम्रो राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज, भतेर गरिकन मिडियामा देखाउन गइराखेका छन् । के यो कुनै तत्वले वा बाहिरि प्रभावबाट त हुन गइराखेको छैन ? हाम्रो सरकारले यसप्रति के हेरिराख्नु भएको छ ? एक शब्द बोल्न सकिराखेका छैनन् । यदि यही निउँमा धार्मिक द्वन्द वा जातिय द्वन्द्व भयो भनेदेखि के हुने होला ? हामी माननीयहरुले पनि कहिल्यै सोचेका छौँ ? सरकारले संविधान अनुसार कानून लागू गर्नुस् । यदी कथं कदाचित यो द्वन्द्व नेपालमा भयो भने के हुन्छ ? कहिले हाम्रो सरकारले हामीले सोचेको छौँ ? नसोचेको नरसंहार यो देशमा हुन्छ । यसलाई रोक्नुपर्ने हाम्रो धर्म पनि हो । दायित्व पनि हो । यत्रो उपद्रो गर्नेलाई नेपाल सरकारको नियम अनुसारको कारबाही होस् भन्ने माग म राख्न चाहन्छु । धार्मिक, जातिय द्वन्द्व यो देशमा भयो भने जनयुद्धको भन्दा धेरै मान्छे काटिनेछन् । त्यो हुन नदिनको लागि हामी माननीयहरुले पनि बेलैमा सचेत भइकन सबैले आ–आफ्नो क्षेत्रबाट सचेत गराउनका लागि म अनुरोध गर्न चाहन्छु । उहाँले गाई काट्नेहरुलाई कानूनी कारबाही गर्न माग गर्नुभयो । 


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन