fbpx

स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सरकारसँग सांसद चन्द्र भण्डारीको माग

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । 


शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । उहाँले स्वास्थ्यकर्मीहरुको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताउनु भयो । भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भएपनि कार्यान्वयन नभएको बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामीको मृत्यु हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । 

सांसद भण्डारीले भन्नुभयो, ‘नेपालको स्वास्थ्य क्षेत्रमा समस्याहरु छन् । समस्याहरु जनशक्तिको छ, दरबन्दी बढ्दैन । जुन कुरा हामीले बारम्बार कुराहरु उठाइरहेका छौं । संघ, प्रदेशका अस्पतालमा स्वास्थ्यकर्मीहरुको संख्या बढाइदिने हो भने जनताको समस्या सम्बोधन हुन्थ्यो । जनताको चाहना अनुसार काम गर्न सकेनौं । प्रशासनका मान्छेले दरबन्दी सृजना गर्दा समस्या आएको हो । हामीले अस्पताल दिन्छौं तर, त्यसलाई स्रोत, साधन हेर्दैनौं । चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिँदैनौं । हाम्रो मोनिटरीङ छैन । चिकित्सा शिक्षा आयोगले दरबन्दी दिनसक्छ विद्यार्थी संख्या दिन्छ तर, उपकरणको कुरा गर्दैन । त्यहीबाट यो देशमा स्वास्थ्यकको समस्या परेको छ । हामीसित जुन कानून छ, कानूनले काम नै गरेन । अहिले त झन् हामी अफ्ठ्यारोमा परेका छौं । जसले जतिसुकै अपराध गरेपनि छोडदिने कुराले अपराधी प्रवृत्ति बढेको छ । सरकारले डाक्टर र इन्जिनियरलाई प्राथमिकता दिनुपर्छ । किनभने हामीले फस्ट व्रेन भन्छौं । एउटाले मुख्र्याईं गरेको भन्दैमा अर्कोले मुख्र्याईं गर्नुहुँदैन । दोषीलाई कानूनी कारबाही हुनुपर्छ । तपाईहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामी मर्न सक्छन् । राज्यका कमजोरीका कारण धेरै डाक्टरहरु नेपाल बस्न पाएका छ्रैनन् । स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’ 

समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरुको ऐन कानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताउनु भयो । उहाँले अरु तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताउनु भयो । उहाँले समस्याको हल भनेकै वार्ता भएको भन्दै चिकित्सकलाई कुट्ने कुरा अक्षम्य रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कर्तव्य ड्युटी हो । आफ्नो जिम्मेवारी हो । ऐन कानून सुधार्न वार्ताको टेबलमा बस्नुपर्छ । अरु तरीकाले गरे राज्य अराजकतातिर जान्छ । वार्तामार्फत् जाँदा पहिलो कानूनमा सुधार, नियमावली सुधार, कार्यविधिमा सुधार के के हो त्यो टेबुलद्वारा पहलकदमी गर्न अनुरोध गर्न चाहन्छु । कोही व्यक्तिले संगठित तरीकाले अपराध गरेको छ भने थुन्नुपर्छ । समस्याको हल भनेको वार्ता हो । वार्ताको टेबुलबाट समस्याको हल हुनुपर्छ । गृह सचिवलाई अनुरोध छ, अपराध गर्ने जो सुकैलाई कारबाही गर्नुहोस् । कुट्ने कुरा अक्षम्य कुरा हो । हजार वटा फोन आएपनि अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ । ’

उहाँले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक