fbpx

कानूनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थेः चन्द्र भण्डारी

author

समाचारपाटी

५ महिना अगाडि

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताउनु भयो । उहाँले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताउनु भयो । उहाँले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा राजनीति गर्ने नेताहरु जो हुनुहुन्छ । म आदर गर्दछु । उहाँहरुले समयमा आफ्नो बेलामा काम गर्नुभयो । तर अहिले मुलुक चलाउन सक्नुभएन । त्यसकारण भाषण गर्नेहरुले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रो नेताहरुको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरु, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरु र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिव राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिव भयो । राजनीतिक पार्टीहरु आफ्नो आफ्नो सुधार्ने हो भने मुलुक बन्नसक्छ । यो देशमा कानूनले काम गर्नसक्छ । यो देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीतिक गरेकाहरु धेरैजसो जेलमा भेटिन्थे ।’ 

नेता भण्डारीले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार १०, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो