सरकारलाई मेरो प्रश्न :’सरकारलाई पूर्णता दिने काम कति दशक ,वर्ष ,सताब्दी लाग्छ ‘:-भिमप्रसाद आचार्य

author

समाचारपाटी

२ years अगाडि

नेकपा एमाले का सांसद भिमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाउनु भएको छ ।  

६ महिना करिव हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उहाँको टिप्पणी थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनि सत्तारुढ गठबन्धनलाई कटाक्ष समेत गर्नु भयो । उहाँले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराउनु भयो । सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने उहाँको माग थियो ।

सांसद आचार्यले भन्नु भयो, ‘वर्तमान सरकार धेरै अलमलिईरहेको हामीले देखि राखेका छौं । अव यो सरकाले अहिलेसम्म आफ्नो पूर्णता समेत प्राप्त गर्न नसकेको छैन । लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगहरुले सरकार गठन भएको ६ महिना झण्डै आधि वर्षसम्म भईसक्दा पनि आफ्नो पूर्णता नपाउने, मन्त्रालयहरु खाली हुने, जनताले सेवा नपाउने, उनीहरु मर्कामा हुने, विकासमा कामहरु अलपत्र पर्ने खालको अवस्था अहिले विद्यमान छ । मेरो एउटा प्रश्न छ के भने हामी मन्त्री र प्रधानमन्त्रीजीहरुका भाषण सुनिरहेका छौं–यो गर्छाै, त्यो गर्छौं ।

प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ  भने तपाईहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ? अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा सताब्दी लाग्छ कि । उत्तर चाहियो । यो संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । संसद भनेको सरकारको जवाफदेहिता लिने ठाउँ हो । सरकारले आफ्ना कार्ययोजनाहरु यहाँ प्रष्ट ढंगले सार्वजनिक गर्नु पर्दछ । जे मन लाग्यो त्यही गर्ने । देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन ।’ सांसद आचार्यले सरकारले जे मन लाग्यो, त्यही गर्न नमिल्ने पनि पटकपटक दोहोर्याउनु भयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन