fbpx

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प छैनः सांसद बद्रिप्रसाद पाण्डे

author

समाचारपाटी

८ महिना अगाडि

नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले सरकारले सहकारी ठगि प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।


आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले काँग्रेसले संसदमा विषयवस्तु राख्न दिएको कुरालाई पछि हटेको भन्ने नसोच्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारबाट संसदीय समिति गठन गर्ने कुनै प्रयास र सहमति नभएको जिकिर गर्नुभयो । उहाँले काँग्रेसको उक्त माग सरकारले नसुनेको खण्डमा कठोर ढंगले प्रश्तुत हुने चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीलाई क्लिन चिट दिनुले पनि झनै शंका उब्जिएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सहमति भएको छैन, सरकारबाट कुनै प्रयास पनि भएको छैन । समिति बनाउने कुरालाई हामीले आज पनि यथावत राखेका छौँ । सरकारले सुन्दैन भने यो भन्दा अगाडि बढेर अझ हामी कठोर ढंगले प्रश्तुत हुन्छौँ । संसदीय समिति गठन गर्नुको विकल्प छैन । किनभने प्रधानमन्त्रीले पनि क्लिन चिट दिनुभएको छ, प्रहरी प्रमुखले पनि समितिमा पुगेर क्लिन चिट दिनुभएको छ, यसको मतलव सरकार र सरकारका निकायबाट अनुसन्धान हुन सक्दैन, हुँदैन भन्ने पुष्टि भएको छ । अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प रहेन । यो पछिल्लो घटनाक्रमले झनै संसदीय समिति गठन गर्नुपर्ने र संसदीय छानबिन समितिबाटै छानबिन हुनपर्ने औचित्य बढेको महशुस भएको छ ।’
उहाँले अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प नरहेको उहाँको जिकिर गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन