‘गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेका लिम्वुको हत्या हुनु अत्यन्तै दुखद छ’:-सांसद अशोक राई

author

समाचारपाटी

२ years अगाडि

जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्वुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाउनु भएको छ ।  

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट गम्भिर घाइते भई ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादति रोक्न सरकारसँग माग समेत गर्नु भयो । गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरुमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उहाँले आईन्दा यस्ता खालका घटना नदोहो¥याउन सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद राईले भन्नु भयो, ‘प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि सो नामको विरोधमा प्रचण्ड, तीव्र विरोध र संघर्षको कार्यक्रम चलिरहेको कुरा सर्वविदितै छ । यही विरोध कार्यक्रमको शिलशिलामा गएको चैत्र ५ गते विराटनगरमा आयोजित शान्तिपूर्ण विरोध प्रर्दशनमा बर्बर ढंगले प्रहरीको प्रहार हुने अवस्था देखियो । र, सो दिन प्रर्दशनकारीहरु मध्ये यो संयुक्त संघर्ष समितिका एक जना सक्रिय नेता पदमकुमार लिम्वुको उहाँ संघीय लिम्बुवान मञ्चका नेता पनि हुनुहुन्थ्यो । उहाँको टाउँको गम्भिर ढंगले लाठी प्रहार हुन गएको थियो । र, उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत्र १० गते २ बजेर ४५ मिनेट जाँदा उहाँले सहादत प्राप्त गर्नु भएको छ । उहाँले देहत्याग गर्नु भएको छ । यो अत्यन्तै दुखद र गम्भिर घटना हुन गएको छ । यसप्रति सभामुखज्युमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश नम्बर १ को सरकारो समेत ध्यानाकर्षण गराउन चाहन्छु । मृतक सहिद पदमकुमार लिम्वुप्रति हार्दिक श्रद्धाञ्जली अर्पर्ण गर्दछु । र, परिवारजनमा समवेदना व्यक्त गर्न चाहन्छु । यस किसिमका दुखद घटनाको श्रृखंलाको अन्त कहीँ पनि भईरहेको छैन । संविधान जारी गर्ने शिलशिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन भनिन्छ । त्यो शिलशिलामा ५९ जना सहीद भएका थिए । उनीहरुले आफ्नो अधिकारका निम्ति जीवन बलिदान गरेका थिए । त्यो श्रृखला रोकियोस भन्ने हाम्रो चाहना हो । शान्तिपूर्ण ढंगले जनताले आफ्नो अधिकार माग्नु, आफ्नो पहिचान माग्नु उसको नैसर्गिक अधिकार हो । गणतन्त्र नेपालमा पहिचानको अधिकारका लागि लडेका लिम्वुको हत्या हुनु अत्यन्तै दुखद छ । निन्दनीय छ । तसर्थ, यस किसिमको ज्यादति रोक्न, अन्त्यका गर्नका निम्ति सरकारलाई म आग्रह गर्न चाहन्छु ।’

संघीय लिम्बुवान मञ्चका नेता समेत रहनु भएका लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भिर चोट लागेको थियो । उहाँले चैत्र १० गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको थियो ।  


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.५२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन