‘अभियन्ता ईःसँग वार्ता गर्न संघीय सरकारले पहल गर्नुपर्यो’:- सांसद अर्जुननरसिंह केसी

author

समाचारपाटी

२ years अगाडि

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्त्रा ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताउनुभएको छ । 

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौँ महानगरपालिकासँग विभिन्न माग राखि मेयरको कार्यालय अगाडी उभिइरहेको भन्दै माग सम्बोधन गराउन संघीय सरकारले पनि पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले नागरिकको ज्या बचाउने कुरा प्रदेश वा स्थानीय सरकारसँग मात्रै सम्बन्धित नहुने बताउनु भयो । उहाँले अभियन्ताहरुको परिस्थिति जटिल बन्दै गइरहेको उल्लेख गर्दै संघीय सरकारले नगरपालिकाको स्वायत्तता भनेर मात्रै बस्न नमिल्ने बताउनु भयो । उहाँले समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै सांसद केसीले निरन्तर चिकित्सकहरु कुटिइरहेका भन्दै सरकारको त्यसतर्फ पनि ध्यानाकर्षण गराउनु भयो । उहाँले आन्दोलनरत राहत शिक्षकहको समस्या पनि समाधान गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘एकपछि अर्को गरेर विभिन्न अस्पतालहरुमा डाक्टर कुटिने ओइरो चलिरहेको छ । डाक्टरहरु अहिले सत्याग्रहमा छन् । यतातर्फ सरकारको ध्यानाकर्षण गराऔँ । राहत शिक्षकहरुको समस्या छ । धर्ना बसिराख्नु भएको होला । तिनीहरुको समस्या तुरुन्तै समाधान गर्नुपर्यो । ई अभियान राज्यसँग सरोकार छैन प्रत्यक्ष रुपमा भन्छन्, तर मेरो दृष्टिकोण, मेरो विश्लेषण के छ भनेदेखि राज्यको नागरिकको जिउ, ज्यानसँग सम्बन्धित कुरा प्रदेश र कुनै नगरपालिका र गाउँपालिकाको मात्रै हुन सक्दैन । मैले बुझेको । जुन ढंगको अभियान सञ्चालकहरुको सम्बन्धमा परिस्थिति जटिल भएर गइरहेको छ, त्यतातिर सरकार नगरपालिका अथवा गाउँपालिकाको स्वायत्तता भनेर बस्न मिल्दैन । उसले के गर्न सक्छ त्यता इनिसियटिभ लिनुपर्छ ।’

उहाँले चर्को मुल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्दै सुपथ मूल्यको पसल सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन