‘चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरिहालौँ’:- सांसद अर्जुन नरसिंह केसी

author

समाचारपाटी

२ years अगाडि

नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताउनुभएको हो । उहाँले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलिय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समयको भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने बताउनु भयो । उहाँले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म प्रधानमन्त्रीलाई के भन्छु भने समय सीमा कति सालदेखि कसका सम्पती जाँचबुझ गर्ने त्यो समय सिमा सबैको सल्लाह गरेर राखियोस् । तर यो देशमा चर्चित भएका ८÷१० वटा भ्रष्टाचार काण्डहरु जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी ठूल्ठूला भाषण गरेर त्यसका बिरोधमा बोल्दाखेरी धेरै तालि लिए, ति भ्रष्टाचार काण्डहरु अहिले कहाँ गए ? वाइडबडीदेखि लिएर ३३ केजी सुनसम्म ? त्यसलाई सर्वदलिय सहमति गरेर, कहिलेदेखिको गर्ने समय सिमा गरोस् सरकारले । तर सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शि रुपबाट शक्ति सम्पन्न आयोग गठन गरेर यि चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन हामी गर्नसक्छौँ कि सक्दैनौँ ।’

उहाँले नयाँ पार्टीहरु पनि शक्तिकेन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताउनु भयो ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७६°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन