fbpx

‘हामी जनतालाई न्याय दिन सकेनौँ, रोजगारी सिर्जना गर्न सकेनौँ’:-सांसद अब्दुल खान

author

समाचारपाटी

४ महिना अगाडि

जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद अधिवेशनलाई नैतिकता विहिन बनाउनु नहुने बताउनुभएको छ । 

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले संसदको चालु अधिवेशनलाई नैतिकता बिहिन बनाउनु नहुने बताउनुभएको हो । उहाँले विगतका दुई वटा संसद अधिवेशन नैतिकता बिहिन भएको बताउनु भयो । उहाँले संसदमा एक अर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरु बोल्दा तालि बनाउने बाहेक केही हुन नसकेको बताउनु भयो । उहाँले कानून निर्माणको कुरामा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘सरकारमा रहेका दलहरुले पनि यहाँ आएर सुशासन भइरहेको छैन भनेर प्रश्न गर्ने । हामीले काम गर्न सकेनौँ भनेर प्रश्न गर्ने । न्याय हुन सकेन । हामी जनतालाई न्याय दिन सकेनौँ, रोजगारी सिर्जना गर्न सकेनौँ । वैदेशिक नीतिलाई राम्रो बनाउन सकेनौँ । जुन प्रकारको प्रश्न तेस्र्याउने काम भयो । आखिर यो कसको लागि ? कसले कसको लागि प्रश्न गरिरहेको छ ? यसबाट के फाइदा हुन्छ भोलिको दिनमा ? यो कुराप्रति हामी सिंगो सदन नै गम्भिर हुनुपर्ने विषयमा हामीले आफ्नो पार्टीका नेताहरुले कुरा गरेपछि तालि बजाउने बाहेक केही गरिरहेका छैनौँ । यो के हो ? कुन प्रवृत्तिमा हामी लागिरहेका छौँ ? दलले देश बनाउने हो ? कि यो सदनले देश बनाउने हो ? दलले कानून बनाउने हो ? कि यो सार्वभौमसत्तासम्पन्न सदनले कानून बनाउने हो । यसकुराप्रति हामी माननीयज्युहरु पनि सकारात्मक हुनुपर्छ । दलभन्दा माथि उठेर सोच्नुपर्ने कुरा हो । तर हामी दलिय आधारमा तालि बजाइ रहेछौँ । यो कुन गतिविधिमा हामी अगाडी बढिरहेका छौँ । हामी एकअर्कामाथि प्रश्न गर्ने, यो कहाँको नैतिकता हो ? अहिलेसम्मको दुईवटा सदन नैतिकताविहिन भयो । अबको सदन नैतिकता बिहिन नहोस् भन्ने म सुझाव दिन चाहन्छु ।’ उहाँले संसद जनताप्रति उत्तरदायि हुनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन