fbpx

मोजाम्बिकमा प्राकृतिक प्रकोपका कारणबाट ७५ जनाको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

मापुतो । मोजाम्बिकमा गत अक्टोबरदेखि सुरु भएको वर्षायाममा देखिएका मौसमी घटना र प्राकृतिक प्रकोपका कारण करिब ७५ जनाको ज्यान गएको स्थानीय दैनिक पत्रिका जर्नल नोटिसियाले शुक्रबार उल्लेख गरेको छ ।

सबैभन्दा बढी मृत्यु मनिका र जाम्बेजियाको केन्द्रीय प्रान्तमा भएको थियो । 'वर्षा र तीव्र हावा, चट्याङ र जङ्गलमा लागेको डढेलाका कारण ९० जना घाइते भएका छन् र चार हजार एक सय १९ घर पूर्णरूपमा ध्वस्त भएका छन्। अन्य तीन हजार तीना सय ५६ घर जलमग्न भएका छन्,' प्रतिवेदनमा उल्लेख छ ।

अक्टोबरदेखि हालको सातासम्म मौसमी घटनाले ५६ हजार नौ सय ३० विद्यार्थी र नौ सय ४० शिक्षकका साथै देशभरका एक हजार नौ सय १७ किलोमिटर सडकलाई पनि असर गरेको प्रतिवेदनले जनाएको छ ।

जलवायु परिवर्तनबाट सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये यो देश पनि प्रमुख हो ।  यहाँ हिन्द महासागरबाट उष्णकटिबन्धीय चक्रवातहरू र दक्षिणी अफ्रिकाको हाइड्रोग्राफिक बेसिनहरूमा हुने बाढीबाट यहाँ विशेष खतरा छ ।

मोजाम्बिकमा गत वर्षाको मौसममा आएको प्राकृतिक प्रकोप, उष्णकटिबन्धीय चक्रवात गोम्बेका कारण एक सय ४२ जनाको मृत्यु भएको थियो ।

रासस


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर