fbpx

महाशिवारात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ घोषणा

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौँं । महाशिवारात्रिको अवसर पारेर फिल्म 'योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो । भोजपुरको योगमाया समाधि स्थलमा स्व.पहलमानका
छोरा नवराज बस्नेत, योगमाया शक्तिपिठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भुपाल कठेत, टिकाराम भन्डारी, विनोद भट्टराई, मधुसुदन भटराई, जगन्नाथ अधिकारी, जिवनाथ सुवेदी,निलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल होड ब कठेत, बिध्याराज न्यौपाने लगायतले स्कृप्ट तथा पोस्टर पूजा गरेका थिए, भने काठमाडाैँ को पशुपतिमा फिल्मका निर्देशक रिमेश अधिकारी,कलाकार शिवशंकर रिजाल, लय संग्रौला लगायतले मन्दिरमा स्क्रिप्ट तथा पोष्टर पूजा गर्दै फिल्मघोषणा गरेका हुन् ।

'योगमाया’ राणा शासनको विरुद्ध आवाज उठाउँदै जल समाधि लिने भोजपुरकी नेपाली महिला योगमाया न्यौपानेको कथामा निर्माण हुन लागेको हो । उनी जुद्ध शम्शेर राणाको समय समाजका विभेद, कुरुती,असमानता, छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा लगायतको अन्त्य गर्दै धर्म राज्य स्थापना र समाज परिवर्तनका लागि लड्ने सहासी महिला हुन् । ध्यान र योग मार्फत उनका हजारौ अनुयानी थिए ।

जुद्ध शम्शेर राणासँग आखामा आँखा जुधाएर पटक पटक आन्दोल गरेर आफ्नो माग राखेकी उनलाई राणाले वचन दिएर पनि धोका दिएको कारण राणाको बिरुद्धमा उनले ६७ जना अनुयानी सहित अरुण नदिमा जल समाधी लिएकी थिइन् । उनले छेडेको आन्दोल उत्सर्गमा पुगेर ९ बर्षपछि राणा सासनको अन्त्य भएको थियो । योगमायाको संघर्ष र बलिदाको कथा फिल्मले
भन्ने निर्माता ÷निर्देशक रिमेश अधिकारी बताउँछन्।

फिल्मका लागि बिगत एक बर्षदेखि खोज अनुसन्धान गर्दै विभिन्न पुस्तक, जानकार ब्याक्तिहरुसँगको छलफलमा फिल्मको स्क्रिप्ट रिमेश अधिकारी र नेत्र छन्त्यालले तयार गरेका हुन् । फिल्मका लागि डा. आस बा. तामाब र पुर्व मन्त्री शंकर कोइरालाको शब्दमा २ गीत तयार छन् । जसमा विनोद खम्भु र थानेश्वर गौतमले संगीत दिएका छन् ।

रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने 'योगमाया’ नवराज बस्नेत, भरत संघौला, ईश्वर कुमार श्रेष्ठ, माधव थापा लगायको समुहले निर्माण गर्न लागेको हो । फिल्मको कानुनी सल्लाहकार राधाकृष्ण पाठक,संयोजक समन अधिकारी र सत्यराज घिमिरे रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा हुन् ।

फिल्मको पशुपतिमा स्क्रिप्ट पूजा समेत गरिएको छ । कार्यक्रममा निर्माता, निर्देशक रिमेश अधिकारी, न्यौपाने बन्धु समाजका केन्द्रिय अध्यक्ष बलाराम न्यौपान लगायतको उपस्थिती थियो । फिल्ममा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेस डिसि, शिवशंक र रिजाल, विशाल पहारी, मनोज शाक्य, बालकलाकार पोसन श्रेष्ठ लगायत फाइनल भएका छन् । फिल्ममा अझै लिजेन्ट र थियटर कलाकार छनौटको क्रममा रहेको निर्देशक अधिकारीले बताए । फिल्मको छायांकन नयाँ बर्ष २०८२ मा सुरु हुनेछ ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...