फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् ।

फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले यी कलाकारसँग सम्झौता गरेको हो । निर्माण युनिटले फिल्मको पोष्टर सार्वजनिक गर्दै कलाकारमा भित्रिएको जनाकारी दिएका छन् ।

दुई च्याप्टरमा निर्माण हुने फिल्मका लागि केही अगाडि अभिनेता सौगात मल्ल अनुबन्धित हुनुभएकाे थियाे । सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ ।

यी तीनै जना कलाकारले पहिलो पटक एक अर्कासँग काम गर्न लाग्नुभएकाे हाे । तर, मलिका फिल्ममा कसको जोडी बनेर देखिनुहुनेछ, त्यो भने खुलाइएको छैन । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनुहुनेछ ।

फिल्मको कथा निर्देशक स्वयंको हो । उहाँले दुवै च्याप्टरको कथा तयार पारिसक्नुभएकाे छ । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नुभएकाे छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । फिल्मको छायांकन राजेश श्रेष्ठ हुनुहुन्छ ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताउनुभयाे । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी बैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’