fbpx

प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ फर्स्ट लुक संगै प्रदर्शन मिति सार्वजनिक

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रहरुलाइ समेटिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र जुन २३ अर्थात असार ८ गतेबाट प्रदर्शनमा आउनेछ। वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गर्नुभएकाे छ । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत निकै चुनौती मोलेर चलचित्रमा काम गरेको र एउटा उत्कृष्ट चलचित्र बनेको उहाँले बताउनुभयाे ।

‘अन्तिम संस्कार’लाई लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीले निर्देशन गर्नुभएकाे हाे । उहाँले लन्डनमा फिल्म मेकिङ्ग गरी सक्नुभएकाे छ। निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कशपपश्चात मात्रै चलचित्र छायाँकनमा गएको थियो । शाहीको निर्देशनमा बनेको पहिलो चलचित्र ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ ।

साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहनुभएकाे छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको शीर्ष अभिनय छ । साथमा श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको पनि चलचित्रमा अभिनय छ ।

चलचित्र विभिन्न अन्तराष्ट्रिय अवार्डमा समेत जाने विश्वास निर्माण टिमको रहेको छ। बाबु श्रेष्ठको छायाँकन रहेको यस चलचित्रको प्रोडक्शन डिजाईनर प्रेम खड्का हुनुहुन्छ ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...