fbpx

गोरखा वारियर हेरेपछि कलाकारः ‘अरु नेपाली फिल्मसँग तुलना गर्न मिल्दैन’

author

समाचारपाटी

१ year अगाडि

चलचित्र गोरखा वारियरको प्रिमियर शो भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो । प्रिमियर शोमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, एमाले नेता शेरधन राई, हिक्मतबहादुर कार्की, राजनीतिक दलका अन्य नेताहरु र कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरिसकेपछि रंगपत्रकारसँग कुरा गर्दै कलाकार हरिवंश आचार्यले चलचित्र गोरखा वारियर नेपालीहरुको वीरताको कथा भएको बताउनु भयो । उहाँले वीरताको कथा भित्र कति व्यवधान, कति छटपटाहट छ भन्नेकुरालाई चलचित्रमा देखाइएको बताउनु भयो । उहाँले गोरखा वारियर अन्य नेपाली फिल्मसँग तुलना गर्न नमिल्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो नेपालीहरुको वीरताको कथा हो । यो वीरताको कथा भित्र कति व्यवधान, कति छटपटाहट भएको छ । इतिहासबाट भोग्दै आएको कुरा हो । अहिलेसम्म पनि भोगिरहेका छौँ । फिल्मको सम्पूर्ण टिमलाई धन्यवाद । धेरै नै मेहनत गर्नुभएको छ । अरु नेपाली फिल्मसँग तुलना गर्न मिल्दैन । आफ्नै परिवेशको कथा बोकेको चलचित्र हो ।’

कलाकार किरण केसीले गोरखा वारियरले वीर गोरखा कस्तो हो भन्नेकुरालाई देखाएको बताउनु भयो । उहाँले देशमा रोजगारी भएको भए र देश सम्पन्न भएको भए अरुकोमा भर्ती गर्न र रोजगारीका लागि जानुपर्ने थिएन भनने सन्देश चलचत्रिले दिएको बताउनु भयो । त्यस्तै कलाकार सरोज खनालले चलचित्र फरक किसिमको भएको बताउनु भयो । उहाँले चलचित्रले देशको इतिहासलाई भावी पुस्तामा बुझाउन मद्दत गर्ने बताउनु भयो । अभिनेता विजय लामाले ऐतिहासिक विषय समेटिएको चलचित्रमा अभिनय गर्न पाउँदा खुशी लागेको बताउनु भयो । चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको बताउनु भयो । 


चलचित्र ‘गोरखा वारियर’ फागुन ११ गते शुक्रवारबाट देशभरका सिनेमा घरहरुमा प्रदर्शन हुँदेछ ।  चलचित्रले देशको सुरक्षा निकायमा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने भनेर पनि सिकाउन कोशिस गरेको छ । चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सैनिकको शाहसिक युद्ध कथालाई प्रश्तुत गरिएको छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, सारा राई, रियर राई, शिशिर बाङ्देल, कविता आले, सुरज तमू, सुमिन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ । लण्डन सिनेआई प्रोडक्शन र चाम्स इन्टरटेनमेण्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइबा र सुमन राई हुनुहुन्छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२५.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...