नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्शन भुमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शिर्ष भुमिका रहेको छ । फिल्मलाई रूपेश तामाङले निर्देशन गर्नुभएको हो भने देव मगर र अनुप गडाल निर्माता हुनुहुन्छ । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले सुटिङको भिडियो हेर्दा अहिले पनि हात काँप्ने बताउनु भयो । उहाँले बाइक चलाएर मात्रै एक्शन हुन्छ भन्नेजस्ता शिर्षकमा समाचार संप्रेषण भइरहेकोप्रति आपत्ति जनाउँदै उहाँले चलचित्र हेरिसकेपछि मन लागेको शिर्षक राख्न तर एउटा मात्रै क्लिप हेरेर शिर्षक नराखिदिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिले पनि फिल्मको सुटिङ कसरी गर्नसकेँ, कसरी गरेँ भनेर हात काँप्छ । अब मलाई गरायो भने म सक्दिनँ होला । त्यो मेहनत अहिले सम्झिँदा डर लाग्छ । अब कामले नै देखाउँछु भनेर अघि बढेको छ । बाइक चलाएर एक्शन हुन्छ भन्ने शिर्षकमा समाचार लेख्नुभएको थियो, पूरा फिल्म हरेपछि थाहा हुन्छ, केके छ भनेर त्यस्तो शिर्षक नलेखिदिनुहोला ।’

पूजाले दान्भीमा पहिलोपटक एक्शन भुमिका निर्वाह गर्नुभएको हो । चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन