fbpx

संचारकर्मी हुँदै निर्माता बन्नुभएका सुदिप, पौडेलद्वारा निर्माण चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरामा रहेर संचारकर्म गर्दै आउनुभएका सुदिप पौडेल निर्माता बन्नुभएकाे छ । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उहाँ फिल्मका सह—निर्माता हुनुहुन्छ ।

लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटी प्रमुख भूमिकामा हुनुहुन्छ । रामराघव आचार्यले फिल्मलाई निर्देशन गर्नुभएकाे हाे । उक्त फिल्मलाई आरआर कम्पनीले डिष्ट्रिब्युसन गर्न लागेको हो ।

फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय रहेको सह—निर्माता सुदिप पौडेलले जानकारी गराउनुभयाे ।

प्रदर्शन मिति नजिकएसँगै प्रचारप्रसारलाई पनि तिव्र पारिएको अभिव्यक्ति उहाँको छ। पौडेलले फिल्म निर्माण गर्ने सोच आफ्नो पहिलेदेखिको भएता पनि अहिले आएर पुरा भएको उल्लेख गर्नुभयाे । फिल्मको कथावस्तुलाई लिएर उहाँ आशावादी
देखिनुहुन्छ ।

विना कार्की र सन्तोषकुमार राई फिल्मका निर्माता हुनुहुन्छ । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन गर्नुभएकाे हाे । कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको फिल्ममा बाल कलाकार कृष्माको समेत अभिनय छ । फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा आउने जानकारी पौडेलले जानकारी गराउनुभयाे ।

चैत १० गते बाट प्रदर्शन हुन लागेको फिल्म ‘ए साथी सुन’ स्वर्गीय अभिनेता जयनन्द लामाको अन्तिम फिल्म हो ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन