चलचित्र ‘के घर के डेरा : घर नं २’: ‘आफ्नै जीवनको कथावस्तु बोकेको चलचित्र’

author

समाचारपाटी

१ महिना अगाडि

चलचित्र ‘के घर के डेरा : घर नं २’ लाई दर्शकहरुले रुचाएका छन् । शनिवार साँझ चलचित्र हेरेर निस्किएका दर्शक र कलाकारहरुले चलचित्रको बारेमा आफ्ना धारणा राखेका थिए । चलचित्रमा कसरी जिन्दगी जिउने भन्नेकुरालाई सिकाइएको छ । सिनेमामा त्यही नै सिनेमाको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेका छन् । दर्शकहरुसँग चलचित्र हेरेसँगै सिने पत्रकारहरुसँग कुराकानी गर्दै कलाकारहरुले चलचित्रमा देखाइएको कथावस्तु कुनै न कुनै हिसावले आफ्नो जीवनसँग मेल खाने बताए । अभिनेत्री केकी अधिकारीले सबैको जीवनमा मेल खानेगरी नै चलचित्रको कथावस्तु निर्माण गरिएको बताउनु भयो । सबैले आफूलाई कुनै न कुनै कथा र पात्रसँग सम्बन्धित पाउने उहाँको भनाइ छ । त्यस्तै अभिनेता खगेन्द्र लामिछानेले आफूहरुले पात्रको अभिनय गरेको र काम गर्दा सँगै पहिलादेखि काम गरेको जस्तो महशुस भएको बताउनु भयो । चलचित्र आफ्नै जीवनको कथावस्तु बोकेको चलचित्र जस्तो रहेको बताउनु भयो । 


चलचित्रको प्रिमियरमा १ सय ८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो । यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए । मल्टी स्टार रहेको सिनेमा ‘के घर के डेरा : घर नं २’ आजबाट प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो । ‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, उपासना सिंह ठकुरी, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रश्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन