fbpx

सुदुरपश्चिममा मोटरस्पोर्टस को घाेषणा

author

समाचारपाटी

१ हप्ता अगाडि

सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्यालीर अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ । हिजो पौष २३ गते धनगढीमा प्रेसमिटमा “धनगढी अटोर्याली र अटोक्रस”को घाेषणा गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनकोे संगम मोटरस्पोर्टस्लाई सुदुरपश्चिममा यस कार्यक्रमबाट शुरुआत गरिएको बताएका छन् ।

प्रेसमिटमा सुदुरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्टस्ले सुदुरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
प्रेसमिटमा बताए अनुसार धनगढीबाट शुरू गरिने अटोर्यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको संतुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टिए.एस.डी फ्म्र्याटको र्यालीमा सहभागी हुनेछन् ।
प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरि २ जनाको टीम रहेकामा टिम दर्ता शुल्क जम्मा पाँच हजार तोकिएको छ । जसको विजयीले क्रमश रु ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने संपूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै चांदनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ, जसमा अटोर्यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन् । संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट पाउने छन् । इभेन्टमा मेकानिकल, मेडिकल, मिडीया र तालिमप्राप्त मार्शलको व्यवस्था गरिएको पनि अयोजकल जनाए । जुनसुकै क्षमता र डिजायनका निजी कार र जीपलाई अटोर्यालीमा समावेश गराइनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार हुने दक्ष प्राविधिक र मार्शलहरुका सुपरिवेक्षणमा संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू