काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका १ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहनुभएको छ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।
पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ।
जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो।