भक्तपुरको सूर्यविनायक नगरपालिका(१० बाँसघारी नजिकै सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश(०२(०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनुषा घर भई काठमाडौं कीर्तिपुर बस्ने २९ वर्षीय सिद्धान्त साहको मृत्यु भएको छ ।