काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एकजना किशोरको मृत्यु भएको छ ।बुधबार राति पूर्वपश्चिम राजमार्गको बर्दगोरिया गाउँपालिका–२ सम्झना चोकमा सुपप्र ०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो ।मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका-१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कवीन्द्र सिंह बोहराले जानकारी दिएका छन् ।ठक्करबाट गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलका चालक २५ वर्षीय नवीन चौधरी, पछाडी सवार बर्दियाको आशापुर-८ बस्ने २२ वर्षीय मंगल राजपुत र साइकल चालक लम्कीचुहा नगरपालिका-१० बस्ने १५ वर्षीय लोकेश भण्डारी रहेका छन् ।मोटरसाइकल चालकको कोहलपुर र अन्य दुई जनाको कैलालीमा उपचार भइरहेको छ ।