fbpx

पोखराको मदरल्यण्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा अक्षरारम्भ

author

समाचारपाटी

१ year अगाडि


पोखरा । शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा श्रीपञ्चमीको अवसर पारेर सरस्वतीपूजा तथा अक्षरारम्भ कार्यक्रम विद्यालय प्राङ्गणमा बिहीबार एक समारोहबिच सम्पन्न भएको छ।

विद्यालयमा प्रतिस्थापित सरस्वतीको मन्दिरमा कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरूद्वारा सामूहिक रूपमा सरस्वती वन्दना वाचनसहित विशेष पूजा, पाठ र आराधाना गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा अधिकांश विद्यार्थी, अभिभावक र शिक्षककर्मचारीहरूको उपस्थिति रहेको थियो।

विद्यालयका दस जोड दुई व्यवस्थापन समूहका संयोजक तथा नेपाली शिक्षक गुरु इन्द्रप्रसाद पौडेल र शिक्षक आनन्द शर्माले पूजा आराधानामा सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा कक्षा ६ मा अध्यनरत विद्यार्थीद्वय विशेष बराल कक्षा ६ र
स्वस्तिका बुढाथोकी कक्षा ४ ले कर्ताको भूमिका निर्वाह गर्नुभएकाे थियाे।

विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनुअघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन्। अझ कतिपय पूर्वीय काव्यशास्त्रीहरूले त आफ्ना रचना निर्बाध रूपमा सम्पन्न होस् भनेर रचनापूर्व सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मिठो नम्र, शुभ गीत कविता स्तवनको रूपमा प्रस्तुत गर्ने गरेको विश्वास पाइन्छ।


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन