सिन्धुपाल्चोक हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बा दर्शनका लागि खुल्ला

author

समाचारपाटी

२ years अगाडि

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सञ्चालन भएसँगै पर्यटकको भीड लागेको छ । 

हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तुपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुनः निर्माण गरिएको हो । गुम्बा भत्किँदा नियमित पूजापाठ लगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको गुम्बा निर्माणकर्ता पेमा लामाले बताउनु भयो । उहाँले करिव ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य शुरु गरी अहिले सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो । करिव ५ करोड लगानीमा निर्मित गुम्बा मंगलवारदेखि औपचारिकरुपमा उद्घाटन गरी दर्शनका लागि खुला गरिएको लामाले बताउनु भयो । 

हिमाली महायानी परम्पराका बौद्धमार्गीहरुका लागि हेलम्बु एक विशेष धार्मिक क्षेत्रका रुपमा परिचित छ । यहाँ गुरु रिन्पोचे लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वास रहँदै आएको छ । ह्योल्मो जातीको उद्गमस्थल रहेको हेलम्बुस्थित आमा याङरीलाई यहाँको रक्षक देवीका रुपमा मानिन्छ । स्थानीयहरुले गुम्बा परिसरमा बाटो र पानीको समस्या रहेकाले सरकारले पानी र बाटोको व्यवस्था गरे पर्यटकलाई सहज हुने माग राखेका छन् । 


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...