बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीन र बंगलादेशी अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ढाकामा रहेको देशको प्रतिष्ठित स्मारक केन्द्रिय शहीद मिनारमा माल्यार्पण गर्नुभयो । बंगलादेश सशस्त्र सेनाको एक टोलीले १९५२ मा बंगलादेशको भाषा आन्दोलनको लागि बलिदान दिनेहरूको सम्झनामा राज्य सलामी दिएको छ । स्मारकको अगाडि ढाका विश्वविद्यालय परिसरका धेरै भित्ताहरूमा यस अवसरलाई उपयुक्त हुने बंगला साहित्यका उद्धरणहरू कुँदिएका छन् । स्मरण कार्यक्रमको एक भागको रूपमा,बंगलादेशी जनताले राजधानी शहरमा मात्र नभई १९७१ मा स्वतन्त्र भएको देशका अन्यत्र पनि देशभरका हजारौं स्मारकहरूमा पुष्पगुच्छा अर्पण गरेका छन् । १९९९ को युनेस्को महासभामा भाषा शहीदहरूको सर्वोच्च बलिदानको सम्मान गर्न फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा तोकिएको थियो । २००० देखि भाषिक र सांस्कृतिक विविधता र बहुभाषिकतालाई प्रवद्र्धन गर्न प्रत्येक वर्ष विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै आएको छ।
सिन्ह्वा