बैतडी । बैतडीमा पहिरोमा परेर आमा छोराको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरो जाँदा आमाछोराको ज्यान गएको हो ।
गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र पाँच वर्षीय छोरा रिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।
अञ्जुका श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ । पहिरोले देवर गोब्बर जागरी, सासुआमा राइमती र पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । घर पूर्णरूपमा क्षति भएको छ ।