सर्वाधिक अन्तराष्ट्रिय अवार्ड जित्ने पहिलो फिल्म बन्यो ‘हेल्लो जिन्दगी’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय अवार्ड जितिसकेको छ । यससँगै ‘हेल्लो जिन्दगी’ न्यारेटिभ फिचर फिल्म क्याटागोरीमा सर्वाधिक अवार्ड जित्ने सम्भवत पहिलो नेपाली फिल्म बनेको छ ।

गत असारमा गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेष्टिभलबाट अन्तराष्ट्रिय अवार्डको यात्रा सुरु गरेको ‘हेल्लो जिन्दगी’ ले सो फेष्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको थियो । त्यसपछि कोलकतामा आयोजीत रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’ जितेको फिल्मले हैदराबाद आयोजीत ब्ल्याक स्वान इन्टरनेशनल फिल्म फेष्टिभलमा ‘नाइट अफ दि रिल’,दार्जिलिङमा सम्पन्न गोल्डेन फर्न फिल्म अवार्डस् तथा राजस्थानमा जयसालमेर इन्टरनेशनल फिल्म फेष्टिभलमा समेत उत्कृष्ट फिचर फिल्म अवार्ड जितेको थियो ।

भारतका साथै सिंगापुरको वल्र्ड फिल्म कार्निभल तथा गत नोभेम्बरमा क्यालिफोर्नीयामा सम्पन्न सन जोस इन्डिपेन्डेन्ट फिल्म फेष्टिभलमा समेत बेष्ट न्यारेटिभ फिचर फिल्म अर्वाड जितेको आफ्नो फिल्म एलए फेष्टिभल सिनेमा लस एन्जेल्स,लण्डन इन्डिपेन्टेन्ट फिल्म फेष्टिभल,क्यान्स फिल्म अवार्डस्,डुब्लिन मुभी अवार्ड तथा लण्डन इन्टरनेशनल सर्ट फिल्म फेष्टिभल लगायतका बिभिन्न अन्तराष्ट्रिय फेष्टिभलका थुप्रै बिधामा प्रतिस्पर्धी रहेको जानकारी निर्माता तथा अभिनेता जोशीले दिनुभएकाे छ।

निर्देशक बोहराले आफूहरुको मिहिनेतले अन्तराष्ट्रियस्तरमा सम्मान पाएकोमा खुशी ब्यक्त गर्नुभएकाे छ । ‘नेपाली फिल्म अन्तराष्ट्रिय अवार्डमा प्रतिस्पर्धा गरि जीत हासिल गर्नु सबैका लागि पक्कै पनि खुशीको कुरा हो,’ बोहरा भन्नुहुन्छ,‘यसले आगामी दिन अझ उत्कृष्ट फिल्म बनाउने हौसला मिलेको छ । ’

निर्माता तथा अभिनेता जोशी पनि आफ्नो फिल्मले लगालग जितिरहेको अन्तराष्ट्रिय अवार्डप्रति नतमस्तक छन् । भन्नुहुन्छ, ‘म एक्दम खुशी छु । निकट भबिष्यमै अझ उत्कृष्ट फिल्म निर्माण गर्ने प्रेरणा मिलेको छ ।’ उहाँले आफूहरुले निकै मिहिनेत र इमान्दारिताका साथ गुणस्तरिय फिल्म निर्माण गरेकाले अन्तराष्ट्रिय अवार्डहरुमा प्रतिस्पर्धा गर्न सकेको धारणा राख्नुभएकाे छ ।
गत चैत्र १८ गते देशभर प्रदर्शन भएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसाईं,बिक्रान्त बस्नेत,विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा छन् ।

युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ हुनुहुन्छ । निर्देशक बोहराकै कथा,पटकथा र गीत रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन