fbpx

वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु

author

समाचारपाटी

२ years अगाडि

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ । गर्मी सुरु भएसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्न थालेपछि नियन्त्रणका लागि ‘फगिङ र पम्प स्प्रे’ मार्फत विषादी छर्न सुरु गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले बुधबारदेखि ‘फगिङ र पम्प स्प्रे’ गर्न थालिएको जानकारी दिनुभयाे । पहिलो दिन महानगरपालिकाको वडा नं १, २ र ३ फगिङ गरिएको र वडा नम्बर ४ मा पम्प स्प्रे गरिएको उहाँले बताउनुभयाे ।

फगिङ्ग मेसिनबाट हावामा मट्टीतेलमा विषादी मिसाएर धुवा छर्ने गरिएको छ भने र खुल्ला नालामा पम्पले स्प्रे गरिन्छ । बिहान १० बजेदेखि नै पम्पमा विषादीसहितको घोल बनाएर नाला तथा पानी जमेका स्थानमा छर्कने गरिएको अधिकृत मियाले बताउनुभयाे ।

उहाँका अनुसार फगिङ्ग मेसिनबाट बेलुका ५ बजेपछि धुवाँ छोडिन्छ । चैत ६ गतेसम्म ३२ वटै वडामा लामखुट्टे मार्ने विषादी छर्कनेगरि तालिका बनाइएको छ ।

लामखुट्टेको लार्भा मार्न बिहान र दिउँसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुका फगिङ्ग गर्ने गरिएको महानगरपालिकाले जनाएको छ ।

वीरगञ्जमा चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक विषादी छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन विषादी छर्न सुरु गरिएको मेयर राजेशमान सिंहले बताउनुभयाे ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर