सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७० वर्ष पुगेको अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको हो । साथै आज देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघले प्रभातफेरी गरी कार्यक्रम मनाएको छ । संघका अध्यक्ष नीमानुरु शेर्पाले सन् १९५३ मे २९ तारिखमा आजकै दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिनलाई आधार बनाएर प्रत्येक वर्ष सगरमाथा दिवस मनाउने गरिएको बताउनु भयो।  

उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम गरेको बताउनु भयो । उहाँले नेपालमा पहिलो पटक मानव पाइला सगरमाथामा पुगेसँगै नेपालमा पर्वतीय पर्यटकको सुखद् शुरुवात भएको बताउनु भयो । उहाँले सगरमाथा दिवस मनाउन निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि निरन्तर राष्ट्रिय रुपमा मनाउँदै आएका बताउनु भयो । उहाँले सगरमाथा दिवसलाई विश्व व्यापीकरण गर्नका लागि नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरुमार्फत समन्वय गरिरहेको बताउनु भयो । उहाँले २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको बताउनु भयो । उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा अब नेपालको पर्वतीय पर्यटनको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको बताउनु भयो। उहाँले सरकारले पर्वतीय पर्यटक क्षेत्रको विकासमा विशेष प्राथमिकता दिए विश्वको पहिलो नम्बरमा नेपाल पर्नसक्ने अवस्था रहेको बताउनु भयो ।

 
उहाँले भन्नुभयो,‘ मे २९, १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम भएको थियो । पर्वतीय पर्यटनको सुखद् शुरुवात भएको छ । एडभ्यान्चर पर्यटन नेपालमा बढेको छ । उहाँहरुले सगरमाथा आरोहण गरेको ७० वर्ष भएको छ । उहाँहरुको सम्झनामा एडभ्यान्चर पर्यटन नेपालमा कसरी विकास गर्न सकिन्छ । त्यसको संरक्षण गर्ने दायित्व हामीलाई आएकाले उहाँहरुको सम्झनामा सगरमाथा दिवस मनाउँदै आएका छौं । एडभ्यान्चर पर्यटनका विषयमा सरकारले विशेष ध्यान दिन सकेको भए विश्वमा एक नम्बरमा रहने अवस्था थियो । सरकारले नेपालको ब्राण्डिङको रुपमा विकास गर्न सकेको भए एडभ्यान्चर पर्यटनको हपको रुपमा विकास गर्न सकिने थियो । सगरमाथा दिवस बनाउनुपर्छ भनेर निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि मनाउँदै आएका छौं । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरु मार्फत प्रचारप्रसार गरिरहेका छौं । २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको छ । बिस्तारै अन्तर्राष्ट्रियकरण हुने क्रम पनि जारी छ ।’

अध्यक्ष शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धधन गर्न उपयोगी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटक आगमन बढाउने विश्वास रहेको बताउनु भयो । सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२२.१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन