काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी ( केआईआईटी ) मा भएको तनावपछि सय जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किएका छन् । रक्सौल नाकाबाट अहिलेसम्म ९६ जना नेपाल फर्किएका छन् ।
उडिसास्थित केआईआईटी विश्वविद्यालयको अवस्था सामान्य बन्दै गएको छ । नेपालबाट अध्ययन गर्न गएकी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो । विश्वविद्यालय प्रशासनले नेपाल विद्यार्थीहरुलाई इमले गरेर फर्किन आग्रह गरेको नेपाल आइपुगेको विद्यार्थीहरूले बताएका छन् ।