पर्वतमा भुतपुर्व विद्यार्थीको पहलमा वडाका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम

author

समाचारपाटी

२ years अगाडि

पर्वत । बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय गरेका २०५१ सालको एसएलसी ब्याचका भुपु विद्यार्थीहरुको पहलमा सो तालिम प्रदान गरिएको हो ।

बिद्यालय शिक्षाको जग मानिएको बाल विकास केन्द्रका विद्यार्थीको सिकाई प्रभावकारी बनाउन ३ दिने प्रारम्भिक तालिम प्रदान गरिएको बताइएको छ । तालिममा खेल्दै सिक्दै, बालबालिकाको रुचि अनुसारका शैक्षिक सामाग्री निर्माण लगायत विषयमा सिकाइएको थियो । तालिममा ७ वटा विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिममा नेपाल सरकारका सहसचिव रामबन्धु सुबेदीले शिक्षा सम्बन्धि नीति र स्थानीय तहको दायित्वका बारेमा सहजीकरण र बाल सहजकर्ता कबिता पौडेलले मन्टेश्वरी शिक्षण बिधिका बारेमा सहजीकरण गर्नु भएको थियो ।

तालिम समापनको अवसरमा बोल्दै प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख उद्दिमराज पौडेलले शिक्षाको जग बलियो बनाउन प्रारम्भिक तहबाट नै गुणस्तरमा सुधार गर्न आवश्यक रहेको रहेको बताउँदै मन्टेश्वरी तालिमले बालबालिकाको क्षमता अभिबृद्दी गर्न फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा आयोजककोतर्फबाट धन्यवाद मन्तव्य राख्दै नेपाल सरकारका सहसचिव रामबन्धु सुबेदीले शिक्षालाई सुधार गर्न आधारभूत तहबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जनता सुदर्शन माबिका प्रअ मेघनाथ आचार्य, जनप्रतिनिधिकोतर्फबाट धानिलाल बिक, पुर्व अध्यक्ष राजेन्द्र पौडेल, जनता सुदर्शन माबि व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण सुवेदी लगायतले आफ्नो धारण राख्नुभएको थियो । एसएलसी ब्याच २०५१ का विद्यार्थी प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रमेश सुवेदीले गर्नु भएको थियो । कार्यक्रम समापनको अवसरमा २०५१ ब्याचका २५ जनाको सहभागिता रहेको थियो ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन