मौद्रिक नीति समिक्षाको प्रभावः शेयर बजारमा तेस्रो सर्किट लागेसँगै कारोबार बन्द

author

समाचारपाटी

२ years अगाडि

गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । 

मौद्रिक नीतिको समिक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सर्किट लागिरहेको छ । आईतवारको प्रि ओपन सेयनमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो । ४ प्रतिशतको सर्किट लागेर २० मिनेट कारोबार रोकिएर खुलेको २ मिनेटमा नेप्से ५ प्रतिशतले बढ्यो । 

कारोबार खुलेको ७ मिनेटमा नेप्से ९२.७३ अंकले बढ्यो । ४० मिनेट रोकिएको कारबोरमा खुलेको पुनः २ मिनेटमा ६ प्रतिशतले बढेको नेप्से कारोबार आजको लागि बन्द भएको छ । बजारमा सर्किट लागेर करिब डेढ घण्टा मा बजार बन्द हुँदा साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १११.२० अंकले बढेर १ हजार ९ सय ६३.९८ को बिन्दुमा पुगेर नेप्से परिसूचक रोकिएको छ ।  

आईतवारको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आईतवारको कारोबारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब ३० कम्पनीको शेयर मूल्य सर्किट लेबलमा बढेको छ । तर यता २२७ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीको घटेको छ । कारोबार रकमका आधारमा माउन्टेन इनर्जीले ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यसपछि  दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ । शुक्रवार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा ब्याजदर घट्ने नीति लिँदै राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ । त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति लिँदा शेयर कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट १२५ मा झारेको छ । सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।


काठमाडौं

बुधबार, असार ११, २०८२

२३.८२°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...