fbpx

इप्पान र प्रोक्लाइम इण्डियाबीच कार्बन इमिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

author

समाचारपाटी

२ महिना अगाडि

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र प्रोक्लाइम इण्डियाबीच कार्बन व्यापार सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै दुवै संस्थाबीच कार्बन इमिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताबारे जानकारी दिँदै इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले नेपालको हाइड्रोपावरको क्षेत्रमा कार्बन उत्सर्जन कम गरेबापत पाउने रकम भित्र्याउन सम्झौता गरिएको बताउनु भयो । उहाँले प्रोक्लाइम इण्डियामार्फत इप्पानमा एउटा डेस्क नै स्थापना गरी यसबारेमा आफ्ना सदस्यहरुलाई कार्बन क्रेडिटबाट पाउने रकम उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको उल्लेख गर्नुभयो । उहाँले कार्बन उत्सर्जन गर्नेहरुले तिरेको रकम कार्बन उत्सर्जन कम गर्न वा जोगाएबापत नेपालका हाइड्रोपावरहरुले पनि लाभ पाउने गरी इप्पानले प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘यो कार्बन इमिसनसम्बन्धी कार्यक्रम हो । संसारमा चर्चा र परिचर्चा बढी भएको छ । नेपालमा पनि त्यस्तै चर्चा छ । विशेष गरेर हाइड्रो पावरमा हामीले यो ल्याउन सकेका छैनौँ । यो ल्याउने विषयमा हामीले इप्पान र प्रोक्लाइमबीच एमओयु गरेका छौँ । प्रोक्लाइममार्फत इप्पानमा एउटा डेस्क नै राखेर हाम्रा मेम्बरहरुलाई कार्बन क्रेडिटको पाउने पैसा जुन छ, त्यो पाउने पैसा ल्याउनका लागि प्रयत्न गरेका हाैँ । हाम्रो सदस्यहरुलाई हामीमार्फत त्यो दिलाउन हामीले प्रयत्न गर्दछौँ । जसले कार्बन उत्सर्जन गर्दछ, कार्बन उत्सर्जन गरेबापत त्यसले पैसा तिर्दछ । त्यो पैसा हामीले कार्बन उत्सर्जन गर्न जोगाए बापत हामीले लिने हो । त्यो पैसा देशमा आउँदा राज्य, हामी सबैलाई फाइदा हुने भयो । नेपालमा पनि हाइड्रो पावरहरुले इमिसन कार्बन घटाएको छ, कार्बन घटाएको हिसावले पैसा ल्याउन हामी प्रयत्न गर्ने हो । त्यो पैसा आउँदा हामी सबैलाई फाइदा हुन्छ ।’

उहाँले २०१६ जनवरी १ देखि पछाडि उत्पादन भएका जलविद्युत आयोजनाहरुलाई रकम आउनसक्ने बताउनु भयो । आयोजना निर्माणपछि कार्बन उत्सर्जन कम गराएका आयोजनाहरुले रकम पाउने जानकारी दिनुभयो । नेपालले जलविद्युतको माध्यमले विकासलाई प्राथमिकता दिँदै आफ्नो ऊर्जा आवश्यकताहरू पूरा गरिरहेको छ । जलविद्युतगृहहरूले कार्बनडाइअक्साइडको उत्सर्जन न्युन गर्ने भएकाले, जीवाश्म इन्धनमा आधारित ऊर्जा उत्पादनको तुलनामा स्वच्छ ऊर्जा स्रोत मानिन्छन् । यसले क्रमस जीवाश्म इन्धनमा आधारित व्यबहार र कामहरुलाई घटाउँदै लगेको छ ।  यसरी जलविद्युतको उपयोगले नेपालले हरितगृह ग्यास उत्सर्जन घटाएर जलवायु परिवर्तन न्युनिकरणमा योगदान पु¥याइरहेको छ । नेपालको कुल ६६ लाख हेक्टर वनक्षेत्रले करिव १ अर्ब १० करोड ८४ लाख ७० हजार मेट्रिक टन कार्बन सञ्चित गरेको छ । जसले देशलाई कार्बन व्यापारमा अग्रणी स्थानमा राख्छ । नेपाल सरकारले १५ लाख मेट्रिक टन कार्बन विक्री गर्ने योजना बनाएको छ , जसबाट वार्षिक एक खर्बभन्दा बढी आम्दानी हुने अनुमान छ । हालै नेपालले विश्व बैंकसँगको सम्झौताअनुसार कार्बन विक्रीबाट १ हजार ६ यि करोड रुपैयाँ प्राप्त गर्ने भएको छ । यो रकम तराईका १३ जिल्लाका वनहरूमा २०१८ देखि २०२४ सम्म कार्बनडाइअक्साइड उत्सर्जन घटाएबापत प्रदान गरिनेछ । यसरी जलविद्युत विकास र वन संरक्षणमार्फत नेपालले स्वच्छ ऊर्जा उत्पादन र कार्बन व्यापारबाट आर्थिक लाभ दुवै हासिल गर्दैछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन