काजमा बस्ने डाक्टरहरुलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : स्वास्थ्यमन्त्री

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताउनुभएको छ । 


बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनुभएको हो । उहाँले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको बताउनु भयो । उहाँले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताउनु भयो । उहाँले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै  छोड्ने बताउनु भयो। उहाँले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाउनु भयो ।

स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुयाएर नै छोड्ने बताउनु भयो। उहाँले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा कागमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताउनु भयो । उहाँले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताउनु भयो । उहाँले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेशन गर्नुपर्ने बताउनु भयो। 


उहाँले भन्नुभयो,‘ ८ सय डाक्टरहरु स्वास्थ्य मन्त्रालयमा कागमा बसेका छन् । म जस्तै मन्त्रीहरुले राखेका हुन् । मैले एक जना पनि ल्याएको छैन । कर्मचारी व्यवस्थापन कडाईका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन । अब चल्नेवाला छैन । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएरको भरमा मिल्नेवाला छैन । यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ । डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टरहरु पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरु हुनुहुन्छ । सबैलाई राजधानी चाहिएको छ । आत्महत्या गर्ने जस्ता कुराहरु उठेका छन् ।

काठमाडौंमा दरबन्दी हुँदा हुँदै प्रमोशनको हिसावले उहाँले नुवाकोट जान चाहनु भयो। नुवाकोट इच्छा लागुनजेल बस्नुभयो। सरकारले काग दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौं । उहाँले ट्रमा सेन्टरमा नै चाहियो नभएर आत्महत्या गर्छ भनेर मन्त्रालयमा आएर सचिवहरुलाई कराउन थालेछन् । यो सबै नाटक नौटङ्की हो । कडाईका साथ तपाईहरु प्रश्तुत हुनुस् । महिले म कहाँ पठाउनुस् आत्महत्या गर्न भने । त्यो कुरा सामाजिक सञ्जालमा लेखेर बिरोध भइरहेको छ ।

मलाई चाहि धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकिय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौं । थिति बसाल्छौं । संविधानलाई कार्यान्वयन गर्छौं । आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँुच छैन । डाक्टरहरुको पहुँच छैन । त्यो ठाउँमा हामी पु¥याएर नै छोड्छौं । त्यसको लागि मलाई सांसदहरुको साथ चाहिन्छ ।’

उहाँले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताउनु भयो । उहाँले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको बताउनु भयो ।  


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१६.९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन