मित्रता बहुउद्देशीय सहकारीको प्रथम साधारण सभा सम्पन्न

author

समाचारपाटी

२ years अगाडि


पोखरा । मित्रता बहुउद्देशीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । पोखरामै पहिलो पटक युवाहरुद्धारा सञ्चालित सहकारीको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले आफ्नो व्यवसायसंगै सहकारीलाई अगाडि बढाउनु आफैमा गर्वको कुरा भएको बताउँदै सहकारीको
मान्यतालाई आत्मसाथ गरी अगाडि बढ्न आग्रह गर्नुभयाे । पछिल्लो समय सहकारीहरुमा बिकृति मौलाउदै गइरहेको सन्दर्भमा त्यसप्रति मित्रता सहकारीले ध्यान पुर्याउन आवश्यक रहेको बताउँदै गौतमले युवा ब्यवसायीहरुलाई सहकारीमा आवद्ध गर्न सके सहकारी अगाडि वढ्न सक्ने धारणा ब्यक्त गर्नुभयाे।

संस्थाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले पोखरामा पहिलोपटक युवाहरुद्धारा सञ्चालित सहकारी रहेको बताउँदै पोखराका सबै युवा सदस्यहरुको साथ सहयोग पाएको खण्डमा पोखरामा नमुना सहकारीको रुपमा स्थापित हुने बताउनुभयाे ।

संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहकारी स्थापनाको उद्धेश्य सहकारी दर्ता गर्दाबखतको संघर्ष र अगामी कार्यक्रम योजना बजारमा देखिएको आर्थिक समस्यामा मित्रतामा त्यस्तो समस्या नरहेको र अगामी दिनमा पनि समस्या नरहने जानकारी गराउदै सहकारीको सांगठनिक व्यवस्था प्रविधि मैत्री सेवामा बिस्तार, व्यवसायीक प्रतिष्ठानहरु संगको सहकार्य रिक्त पद पूर्तिको लागि सभामा पेश तथा अनुमोदनको लागि विभिन्न बुदाहरु पेश गर्नुभएकाे थियाे ।

कार्यक्रममा सहकारीका सचिव नबिन श्रेष्ठले सचिवको प्रतिवेदन कोषाध्यक्ष बुद्धि राज भट्टराईले कोषाध्यक्षको प्रतिवेदन पेस गर्नुभएकाे थिएभने लेखा सुपरिवेक्षण समितिको संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रमा बाल बचत र कोपिला बचत बाल बाललिकाहरुको लागि शिक्षामा अग्रसरहोस भन्ने हेतुले १ सय ५० जना बाल बालिकालाई स्टेशनरी सामाग्री बितरण गरीएको थियो । विभिन्न बिधामा बर्षको बार्षिक उत्कृष्टलाई नगद तथा प्रमान प्रत्रबाट सम्मान गरीएको थियो ।

सहकारीको बर्ष उत्कष्ट कर्मचारी किरण पुनलाई नगद तीन हजार र प्रमाण पत्र, बर्ष उत्कृष्ट बाल बचत सज्जु त्रिपाठी लाई नगद ५ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट कोपिला बचत सनिश श्रेष्ठलाई नगद ५ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट बचतकर्ता रोजेन्द्र प्रसाद पोख्रल, विष्णुकुमारी श्रेष्ठ, लक्ष्मी प्रसाद श्रेष्ठ, दुर्गा श्याम, विष्णु कुमार श्रेष्ठ, बसन्त कुमार
श्रेष्ठ र उत्र श्रेष्ठलाई प्रमाण प्रत्र खादा सहित सम्मान गरिएको थियो ।

त्यसैगरी बर्ष उत्कृष्ट शेयर सदस्य ईन प्रसाद घर्ती, जुन कुमार श्रेष्ठ,श्रावण कुमार जैसवाललाई प्रमाण प्रत्र खादा सहित सम्मान गरिएको थियोभने बर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठ प्रमाण प्रत्र खादा सहित सम्मान, बर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिम कुमारी गुरुङ,ओम बहादुर कामी, जय प्रकाश लामा प्रमाण प्रत्र खादा सहित सम्मान र बर्ष
उत्कृष्ट उपसमिति चन्द्र वती श्रेष्ठलाई प्रमाण प्रत्र र खादा सहित सम्मान गरीएको थियो ।

सल्लाहकारको तर्फबाट सल्लाहकार राजु श्रेष्ठ र बिनोद दुङ्गानाले शुभकामना मन्तव्य राखेका थिएभने सभाबाट रिक्त पदमा बबिता के सि कार्की र कृष्ण के सि लाई सर्वसम्मत चयन गरीएको थियो । बन्द सत्रबाट अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी पास गरीएको थियो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’