fbpx

मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

author

समाचारपाटी

१ year अगाडि

स–साना माटाका आर्कषक मुर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले मिथिलाञ्चलमा रमझम थपिएको छ । कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म यो पर्व मिथिलाञ्चलकी चेलीबेटीले मनाउने गर्दछन् । कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न सुरिला गीतहरु गाएर सखी सहेलीहरुसँगै सामा चकेवा पर्व मनाइन्छ । मिथिलाञ्चल क्षेत्र धर्मले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ । 

सामा चकेवामा श्रीमान श्रीमतीको सम्बन्धमा चुगली लगाउने चारुवक्र पात्र अर्थात चुगलाको जुगांलाई डढाउने गरिन्छ । बहिनी मिलेर आगो लगाई डढाउँदै घृणाले गीत गाउँछन् । यसका साथै आफ्नो भाईको पुरुषार्थको गीतकै माध्यमले प्रशंसा समेत गर्ने गर्दछन् ।   

कार्तिक पूर्णिमाका दिन बहिनी आफ्नो भाइलाई निमन्त्रण दिन्छन् । भाईले घुँडामा राखेर सबै मूर्ती तोडछन् र ती मूर्तीहरुलाई जोतेको खेतमा विसर्जन गरिन्छ । बहिनीले भाइलाई च्युरा, दही, मिष्ठान्न, सख्खरको भोजन गराउँछन् ।  सामा चकेवा पर्वलाई भाई बहिनी बीचको अगाध प्रेमको प्रतिकको रुपमा लिइन्छ । पछिल्लो समय समाजमा बढ्दै गइरहेको कटुताका बीच यो पर्वले प्रेमको सन्देश दिने गरेको मैथिलीका साहित्यकार एवं सञ्चारकर्मी श्यामसुन्दर शशी बताउनु हुन्छ । 

पछिल्लो समय मिथिलाञ्चलको लोक पर्वको रुपमा रहेको सामा चकेवा पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । यस्ता लोक पर्वहरुलाई जगेर्ना गर्नसके मधेसको पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्ने भएकाले सामा चकेवा पर्वको संरक्षणतर्फ राज्यले समेत चासो देखाउनु आवश्यक रहेको शशीले बताउनु भयो । 

पद्म पुराणमा उल्लेख भएअनुसार सामाचकेवा पर्व मनाउनुको पछाडी एउटा छुट्टै कथा समेत रहेको छ । श्यामा र बृन्दावनका एक कुमार चारुवक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चुडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चुडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झुटा कुराहरु सुनाइदिन्छ ।

कृष्णले आफ्नी छोरी श्यामाको सतित्वमाथि सङ्का गरी चरी बन्ने श्राप दिन्छन् । चारुवक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रुपमा वृन्दावनमा बस्न थाल्दछन् । यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुवाक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने श्राप पाएपछि चुडकको नाम फेरेर चुगला राखी दिनुका साथै सबैले चुगलाको मुख झोस्ने छन् भनी दिएको श्रापबाट रिसाएर चुडकले वृन्दावन मै आगो लगाइदिन्छ । आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रुख ढल्दा चूडक किचिएर मर्छ । त्यसपछि भगवान विष्णु साम्वाप्रति खुशी भई श्यामा र चारुवक्यलाई पुनः मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रही आएको छ ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...