ऐतिहासिक,धार्मिक महत्व बोकेको १५ दिने मध्यमा मिथिला परिक्रमा जनकपुरधाम आइपुग्यो

author

समाचारपाटी

४ हप्ता अगाडि

जनकपुरधाम । मिथिलालञ्चलको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पन्द्रह दिने मिथिला माध्यामिकी परिक्रमाका लावालस्करसहितको टोली जनकपुरधाम आइपुगेको छ । तराई मधेशको जिल्लाह र भारतको विहार प्रान्त सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थल १ सय ७ सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरि १ सय ३३ किलोमिटर भू–भागको परिक्रमा पैदल यात्रीहरू जनकपुरधाम आइपुगेका हुन्।

आइतबार रात्रिकालिन समयमा आइपुगेको साधुसन्तको टोलीले जनकपुरधामको विभिन्न स्थानमा दिनभरि विश्राम गर्ने मध्यान्ह रातमा नगरको परिक्रमा गर्नेछ । अहिले साधुसन्तहरू विभिन्न कुवा नदी,तलाउहरूमा स्नान–ध्यान गरी चोखो भई नियम निष्ठाका साथ बस्ने गर्दछ । परिक्रम अवधिमा यौन सम्बन्ध राख्न नहुने,मद्य मदिरा तथा मासु खान नहुने मान्यता रही आएको जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवले बताउनुभयाे ।

हजारौं हजारको संख्यामा रहेका साधु–सन्त तथा महात्माहरू जनकपुरधामको ऐतिहासिक बाह्रविघा,तीरहुतिया गाछीमा पण्डाल, तथा विभिन्न कुट्टी,छाउनी तथा ओडारको सहारामा बसिरहेका छन् । परिक्रमा यात्रीहरूले रात्रिकालिन विश्रामका लागि पराल,भाँडाकुडाँ,टायरगाडा, दाउँरा, चामल, दाल लगायत उपभोग्य वस्तुहरू लिएरै हिँडने गरेका छन् । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी भजन किर्तन सहितका मौलिक पहिरनमा लाखौं नर–नारीहरू सहभागिता जनाएका छन् ।

मानव समुदायको लावा लस्करसहितको टोलीले मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्नेछ। जसलाई १५ दिने माध्यमिकी परिक्रम वा मध्यमा परिक्रमा भनिन्छ । परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर,मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा,विषौल र फेरि कल्याणेश्वर हुँदै फागुन पूर्णीमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।

परिक्रमाको प्रारम्भ

परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइदैन यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थरूरुमा उल्लेख पाइन्छ । आफ्नो अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास रहेको छ । मन्दिरहरूमा देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरुपको रुपमा लिइन्छ ।

परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी कुटीबीच मुद्दा मामिला समेत चलेको थियो । तर वि।सं। १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनायो ।

हुनत मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ । मिथिला महात्म १८औँ शताब्दिमा लेखिएको मानिन्छ । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८औँ शताब्दिभन्दा पहिले नै सुरु भएको हुन सक्ने अनुमान गरिन्छ ।

source:-annapurnapost

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

उपनिर्वाचनका लागि रास्वपाकाले गर्‍यो उम्मेदवार सार्वजनिक

‘संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्छु’

सरकारले तोकेका पर्यटकीय गन्तव्यमा पथप्रदर्शक बिना घुम्न जान नपाइने...

नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्ने प्रधानमन्त्रीको दावी

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१३.२७°

-
Clouds