पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उप सचिव युबा नेता रश्मि आचार्यले देशको समृद्धिको वाहक, देश भक्तिपूर्ण आन्दोलनको अभियन्ता र जनताको भरपर्दो सारथी एमाले नै रहेको बताउँनुभएकाे छ।
मिसन ग्रासरुट अभियानमा यिनै सकारात्मक कुराहरुको जनस्तर सम्म प्रचार गर्न मुक्ति समाजका सम्पूर्ण सदस्यहरुसँग आग्रह गर्नुभएकाे हाे।

मिसन ग्रासरुट अभियान २०७९ अन्तर्गत बिहीवार नेपाल राष्ट्रिय उत्पिडित मुक्ति समाज कास्कीको बैठकलाइ सम्बोधन गर्दै नेता आचार्यले जनताका दैनिक जीवनयापनका कुराहरू र सुख दुःखमा साथी बन्दै आएको र एमाले सधैं साथी हो भन्ने कुरा प्रमाणित भएको कुरा जनतालाइ बुझाउन अभियान संचालन भएको हुँदा सोही अनुसार जनताको घर दैलोमा पुग्न आग्रह गर्नुभयो।
उप सचिव आचार्यले अभियानका क्रममा मात्रै नभएर सदैव जनसाथमा रहदै सेवामा खटिने कामको शुरूवात अभियानबाट हुने उल्लेख गर्नुभयो ।
मुक्ती समाज कास्कीका अध्यक्ष वलराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकमा मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य दाम बहादुर बिश्वकर्मा, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, मुक्ति समाजका केन्द्रीय नेताहरु प्रेमदेवी परियार, मनवुजा विश्वकर्मा, किसान विश्वकर्मा, राम माया विश्वकर्मा, प्रदेश अध्यक्ष निर्मल दियाली, होम नेपाली लगायतले अभियान र मुक्ति समाजको विषयमा भनाई राख्नु भएकाे थियाे ।
बैठकले चैत्र १८ भित्र पालिका बैठक, २५ भित्र वडा बैठक तथा भेला, युवा तथा महिला भेला गर्ने, सदस्य विस्तार गर्ने, पार्टी प्रवेश अभियान चलाउने लगायत निर्णय गरेको छ।