fbpx

बेपत्ता महेशले अन्तिम सम्पर्कमा भनेका थिए– कहाँ छु थाहा छैन

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं l तनहुँको भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट ३६ वर्षीय महेश सुवेदी बेपत्ता भएपछि खोजीका लागि परिवार तथा आफन्तले अपिल गरेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान एकाएक बेपत्ता भएका हुन् ।

उनको खोजीका लागि परिवार तथा आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदनसमेत दिएका छन् । राति ठूलोबुवाको घरमा सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए ।उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू ‘कहाँ छु भन्ने थाहा नभएको’ बताएलगत्तै मोबाइल अफ भएको महेशका दाजु तथा वडा नम्बर २ का सचिव गोपालकृष्ण सुवेदीले जानकारी दिए ।

‘राति सँगै सुतेका भाइ बिहान कोठामा हेर्दा थिएनन् र लगत्तै फोन गर्दा सवा ५ बजे भएको थियो । उनले म कहिले गगनगौंडा त कहिले हेमजामाथि जंगलमा भएको र पछि आफू कहाँ छु भन्ने थाहा नपाएको बताएका थिए,’ वडासचिवसमेत रहेका दाजु गोपालकृष्णले भने, ‘मोबाइल अफ भएलगत्तै खोजी कार्य थाल्यौं । प्रहरीलाई जानकारीसमेत गरायौं तर उनी अहिलेसम्म भेटिएका छैनन् ।’महेश हाल कावासोती नगरपालिका वडा नम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतबन्धमा धरमपानी पुगेका थिए । सोही बेला सुवेदी बेपत्ता भएको र पाँच दिन भइसक्दा पनि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि खोजीका लागि हारगुहार गरिएको भाइ दिनेश सुवेदीले बताए ।

प्रहरीले मोबाइलको लोकेसेन ट्रयाकिङ गर्दा तनहुँ, स्याङ्जा र पाल्पाको सीमा क्षेत्र स्याङ्जाको साँखर भन्ने ठाउँमा रहेको नेपाल टेलिकमको टावरको सम्पर्कमा देखिएको थियो । प्रहरीका अनुसार सो टावरका उत्तरपश्चिम क्षेत्रमा मोबाइल अफ भएको देखिएको छ ।परिवार तथा आफन्तले सो क्षेत्रमासमेत खोजी गरिसकेका छन् भने सो क्षेत्रमा कसैले पनि उनलाई नदेखेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले छिमेकी जिल्ला र अन्य प्रहरी कार्यालयमा पनि सुवेदीको विवरण पठाएर सर्कुलर गरेको छ ।उनको कल डिटेल मगाएर लोकेसन विश्लेषण गर्ने काम भइरहेको र अहिले नै उनको एकीन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।महेश र जेठी छोरी कावासोतीमा तथा स्वास्थ्यकर्मीसमेत रहेकी श्रीमती र कान्छी छोरी लमजुङ बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...