इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आइआरजीसि) ले हालै इरान विरोधी आतंकवादी हमलाहरूको जवाफमा क्रमशः सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण शुरु गरेको छ । आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमान र सिस्तान र बलुचेस्तानमा हालैका आतंकवादी हमलाहरूको प्रतिक्रियाको रूपमा आक्रमण गरेको बताएको छ । इजरायलले इरानी र प्रतिरोधी कमाण्डरहरूको हत्या गरेको छ । इराकी सुरक्षा स्रोतकाअनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
जनवरी ३ मा, दुई आत्मघाती आतंकवादीले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएका थिए । जसको परिणामस्वरूप ९० भन्दा बढीको मृत्यु भएको थियो । २८० जना घाइते भएका थिए । जनवरी ४ मा भएको बम विस्फोटको जिम्मेवारी आइएस आतंकवादी समूहले लिएको थियो ।
सिन्ह्वा