fbpx

सातौं संस्करणकाे मिस तामाङ पोखराको तालिम शुरु

author

समाचारपाटी

१ year अगाडि

पोखरा । मिस तामाङ पोखराको तालिम शनिबारबाट शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको छ । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो ।

तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताउनुभयो ।

युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताउनुभयो । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तामाङ्ग घेदुङ्ग का पूर्व अध्यक्ष धनप्रसाद तामाङ्गले युवापुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जन्म देखि मृत्यु सम्म तामाङ्ग समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे मा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग सिम्पानीका अध्यक्ष गंगा तामाङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग पोखरा महानगरका अध्यक्ष रामबहादुर तामाङ्ग (शिवु ब्लोन), मिस तामाङ्ग पोखरा २०२२ का विजेता मान्सी तामाङ्ग, रनरअप पेमा तामाङ्ग, आरजे होल्डिङ्ग रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल लगायतले बोल्नुभएको थियो ।

पहिलो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदान गर्नुभएको थियो । ३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा पोखरा पुम्दीभुम्दीका मनिषा तामाङ्ग, योगितामाया तामाङ्ग, नारेश्वरकी निशा तामाङ्ग, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ्ग, फुलबारीका सुप्रिया तामाङ्ग, सेदीका रोश्मा तामाङ्ग, जुना तामाङ्ग, प्रिती तामाङ्ग , लेकसाइडका आकृति ब्लोन, मियापाटनका रसिला तामाङ्ग , रिठेपानीका रेनुका तामाङ्ग , न्युरोडका विकिता तामाङ्ग, लामागाउँका सुमित्रा तामाङ्ग, बगालेटोलका लक्ष्मी तामाङ्ग , अर्विना तामाङ्ग, विजयपुरका विपना तामाङ्ग र जिरोकिलोमिटरका जिना थिङ्ग सहभागी छन् ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन